शनिबार, साउन १२, २०८१

ह्वाङ्दिमा एकीकृत समाजबादिको वडा भेला सम्पन्न ३१ सदस्य समिति निर्माण

लक्ष्मण सुनार गुल्मी,नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी ) जिल्ला कमिटि गुल्मीको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तरगत आज मालिका गाउपालिका वडा न.०३ ह्वाङ्दिमा वडा वडा भेला सम्पन्न भएको छ।
भेलाले दिपक बुढा मगरकोअध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको हो जसको उपाध्यक्ष मा कुल बहादुर वि.क र खिम बहादुर घर्ती, सचिवमा नीर बहादुर घर्ती र उपसचिवमा रमेश वि.क.चयन हुनुभएको छ।भेलामा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी ) केन्द्रिय कमिटी सद्स्य गणेश खनाल, जिल्ला कमिटि सद्स्य टेकु बिसि र मदाने गाउपालिका अध्यक्ष गोकर्ण सेन लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal