मङ्लबार, असार १२, २०८१

३९५ बढी वडामा माओबादी केन्द्रको वडा कमिटी गठन एउटै टोलबाट ४३ बढी पार्टी प्रबेश

 

अनुज पछाई , प्यूठान । पछिल्लो समयमा नेकपा माओबादी केन्द्र प्यूठानले टोल कमिटी गठनलाई तिब्रता दिएको छ । नेकपा माओबादी केन्द्र प्यूठानले सञ्चालन गरेको टोल कमिटीमा पार्टि प्रबेश गर्ने ब्यक्तिको लहर पनि निकै देखिएको छ । मङगलबार प्यूठान नगरपालिका वडा नं. ४ मा पनि वडा कमिटी गठन भएको छ । एकै दिन प्यूठान नगरपालिका वडा नं. ४ , ३ नं. टोलका ४३ बढी ब्यक्ति माओबादी केन्द्रमा प्रबेश गरेको नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले बताएका छन । मङगलबार पार्टी प्रबेश गर्नेमा आधिकासं नेकपा एमाले परित्याग गरेर माओबादी केन्द्रमा प्रबेश गरेको नेकपा माओबादी केन्द्र प्यूठानले जनाएको छ ।
प्यूठान नगरपालिका वडा नं. ४ को ३ नं. टोलमा मञ्जु घर्तीको अध्यक्षता रिमा भण्डारी सचिब सहित १९ सदस्यिय टोल कमिटी गठन भएको हो । प्यूठान जिल्लामा अहिले सम्म ३९५ वटा टोल कमिटी गठन भैसकेको नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिए । नेकपा माओबादी केन्द्रमा ०७४ सालयता २५ सय बढी ब्यक्तिहरुले बिभिन्न पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?