शनिबार, साउन १२, २०८१

गुल्मिमा राष्ट्रिय जनमोर्चाले एमसिसीको विरुद्धमा मसाल जुलुस निकाल्यो

 

शंकर प्रसाद पोख्रेल गुल्मि तम्घास

एमसिसिको विरुद्धमा राष्ट्रिय जनमोर्चाले गुल्मिको कालीगण्डकी गाउंपालिकाको केन्द्र पुर्तिघाट बजारमा बृहत मसाल जुलुस निकालेको छ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता रामकुमार क्षेत्रीले उक्त मसाल जुलुसको नेतृत्व गर्नुभएको थियो।

मसाल जुलुसपछि आयोजित बिरोध शभाको अध्यक्षता राजमो कालीगण्डकी गाउंपालिकाका अध्यक्ष गंगा केसि गर्नुभएको थियो भने स्वागत भासण युबक संघ कालीगण्डकीका अध्यक्ष मेघराज सर्माले गर्नुभएकोथियो भने संचालन घनसस्याम ढकालले गर्नुभएको थियो।

एमसिसिको विरुद्धमा भएको मसाल जुलुस पछिको बिरोध सभामा राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सदस्य पुण बहादुर थापाले पनि मन्तव्य राख्नुभएको थियो।

बिरोध सभाको प्रमुख अथिती बाट बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले एमसिसी राष्ट्रघाती संझौता भएकोले तुरुन्तै खारेज गर्नुपर्ने बताउनुभयो

त्यसैगरी राष्ट्रिय जनमोर्चा सत्यबती गाउंपालिकाको आयोजनामा गाउंपालिकाको केन्द्र खैरेनिमा एमसिसी विरुद्ध मसाल जुलुस तथा बिरोध सभा सम्पन्न भएको छ ।उक्त बिरोध सभालाइ नेकपा मसाल गुल्मिका प्रबक्ता ओमेन्द्र कुंवरले सम्बोधन गर्नुभएको थियो बिरोध सभामा राष्ट्रिय जनमोर्चाका पालिका नेताहरु कमल पुलामी मित्रलाल तरामु मगर नेत्र राना लगायतको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal