शनिबार, साउन १२, २०८१

नेपाल बन्दका कारण जनजीवन प्रभावित

प्युठान

अनुज पछाई ,४–फागुन । विप्लव नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका कारण प्यूठानमा बन्दको प्रभाव परेको छ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै प्यूठानका मुख्य बजारहरू बिजुवार, बाग्दुला ,जुमि,्र खलंगा,मच्छि, चकचके ,बड्डाडा लगायतका बजार पुर्णरूपमा बन्द रहेको छ भने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।
शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ ।
बजार क्षेत्रमा मोटरसाइकल छुटफुट रुपमा चलेपनि लामो तथा छोटो दुरीका सवारी सधान भने सञ्चालन हुन सकेको छैन । बजार पनि पूर्ण रुपमा बन्द रहेको छ । जसले गर्दा नागरिकको जनजिवन प्रभाविति भएको छ ।
बन्दको प्रभावले बढी यात्रा गर्ने यात्रु मारमा परेका छन् । कतिपय नागरिक आज नेपाल बन्दले गन्तव्यमा जान हिडेको भएपनि फर्कनु परेको छ ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् । बन्द आज साझ ५ बजे सम्म रहने सा्रेतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal