शनिबार, साउन १२, २०८१

नेपाली जनताको आन्दाेलनले अमेरिकी साम्राज्यवादलाई घुँडा टेकाउने छ-कार्की

बुटवल फाल्गुन ४गते ।
राष्ट्रिय जनमाेर्चा जिल्ला समिति रूपन्देहीकाे आयाेजनामा सम्पन्न भएको काेण सभामा बाेल्दै राजमाे केन्द्रीय सदस्य शाेम कुमार कार्कीले राष्ट्रघाती एमसिसी सम्झाैता कुनै पनि हालतमा नेपालमा लागू गर्न नहुने बताउदै तत्काल यसकाे खारेजीको माग गर्नुभयो । याे सम्झाैतामा प्राप्त हुने भनिएकाे ५५अर्ब रकम देशको लागि कुनै ठूलो रकम हाेईन र याे प्राप्त भएपछि देश स्वीजरलैंड बन्ने पनि हाेईन।राजस्व छली गरेका केही संस्थाहरूकाे उल्लेख गर्दै राजमाे नेता कार्कीले ती संस्थाहरूबाट वसुली गरे एमसिसी भन्दा कैयौं गुणा रकम देश भित्र छ।देशका ४-५ जना भ्रष्टाचारीलाई कार्वाहीकाे दायरामा लिए मात्र पनि याे भन्दा धेरै रकम वसुल हुनसक्छ ।देशका नेता भनाउँदाहरूले त्यसतर्फ ध्यान दिनुकाे सट्टा देशको राष्ट्रियता,सार्वभौमसत्ता र अस्तित्व समेतमा गम्भीर खतराकाे प्रावधान सहित एमसिसी भित्राउने कुरा राष्ट्रघातकाे भद्दा नमुना भएकाे बताउनुभयो ।
कांग्रेसकाे विगत राम्रो छैन भन्दै पटकपटक राष्ट्रघातकाे इतिहास बाेकेकाे नेकाँकाे पूनः त्यहि प्रकारकाे इतिहास दाेहाेरिनु दुखःदायी रहेको बताउनुभयाे।
गठबन्धन बिशेष परिस्थितिकाे कारण बनेको हाे,राजमाे गठबन्धनमा छ भन्दैमा सबै अपराधकाे साछी नबस्ने नेता कार्की बताउनुभयो ।
जब सम्म राष्ट्रघातकाे शिलसिला कायम रहनेछ
नेपाली जनताकाे आान्दाेलन लगातार जारी रहने छ भन्दै विगतमा जस्तै एमसिसी बिरूद्द नेपाली जनताकाे वारपारकाे संघर्षले अमेरिकी साम्राज्यवादलाई घुँडा टेकाउने र एमसिसी खारेज गरेर छाड्ने नेता कार्कीले दावा गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य मा०तारा जिसी अखिल(छैटौं)प्रदेश अध्यक्ष सराेजमान सिहले पनि सम्बाेधन गर्नु भएको थियोे।कार्यक्रमकाे संचालन राजमाे रूपन्देहीका सचिव टान बहादुर केसीले गर्नु भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal