शनिबार, साउन १२, २०८१

चालकलाई कुटपिट गर्ने समुहप्रति कारबाहि गर्न नमस्ते यातायात प्रालि प्यूठानको आग्रह

अनुज पछाई , प्युठान । नमस्ते प्यूठान यातायात प्रा.लिद्धारा सञ्चालिक एक गाडीका चालकलाई माण्डबी गाउपालिका स्थित अरङखोलामा बुधबार कुटपिट भएको छ । नमस्ते प्यूठान यातायातले बुधबार एक बक्तब्य निकाल्दै दोषिलाई कारबाहि गर्नको लागी सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
म«गलबार दाङको भालुबाङदेखि प्यूठानको बाग्दुला सम्म आयदै गरेको नमस्ते यातायात प्रालि मा दर्ता भई चलेको रा १ ज ६६१ नं. को गाडीका चालक सन्तोष सुनारलाई माण्डबी गाउपालिका स्थित अरङखोलमा केहि अराजक गतिबिधि गर्न समुहले चालक सुनारलाई कुटपित गरेका थिए ।
नमस्ते प्यूठान यातायात सेवा प्रालि प्यूठानले बुधबार एक बक्तब्य सार्बजनिक गर्दै घटनामा संलग्न भएका ब्यक्तिलाई कारबाहि गर्नको लागी आग्रह समेत गरिएको छ ।
नमस्ते प्यूठान यातायात सेवाका महासचिब मुकेश थापाद्धारा हस्ताक्षरित बक्तब्यमा उक्त कुरा बताइएको छ ।
अहिले घाइते सुनारको बुटवल स्थित सिटी अस्पतालमा उपचार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal