शनिबार, फाल्गुन १९, २०८०

हाेटल व्यवसायी संघ झिमरुकको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

नारायण जिसि प्युठान ,हाेटल व्यवसायी संघ झिमरुक बजार इलाका प्युठानकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन आज जलजला हाेटल मच्छीमा सम्पन्न भएको छ।झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक जि.सी.काे प्रमुख आथित्यतामा ,हाेटल व्यवसायी संघ नेपालका केन्द्रीय सचिव चन्द्रलाल न्याैपाने बिशेष अतिथि रहेको कार्यक्रममा स्वागत भाषण वालाराम भट्टराईले र संचालन गिरेन्द्र एम.सी.ले गर्नु भएकाे थियाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जि.सी.ले झिमरुकमा प्रयटन प्रवद्वनकाे लागि हाेटल ब्यवसायीकाे ठूलो याेगदान रहेको बताउनुभयो ।बिशेश अतिथि न्याैपानेले काेभिडले व्यवसायीहरुलाई निरास बनाएकाेमा सरकारले ब्यवसायीहरुलाई संवाेधन गर्नुपर्ने वताउनु भयाे।
कार्यक्रममा हाेटल व्यवसायी संघ प्युठानका अध्यक्ष गुञ्जमान थापा,बरिस्ठ उपाध्यक्ष तथा निर्वाचन अधिकृत डिलाराम सुवेदी,प्रथम उपाध्यक्ष जुद्व बहादुर कवर, सचिव लिलाधर न्याैपाने , निर्माण व्यवसायीहरु शाेभाराम न्याैपाने र भरत ढकालकाे पनि उपिस्थति रहेकाे थियाे ।
अधिवेशनले राम बहादुर महताराकाे अध्यक्षतामा ११सदस्यीय कार्यसमितिको चयन गरेकोे छ।जसकाे उपाध्यक्षमा झकेन्द्र जि. सी. सचिवमा गिरन्द्र एम. सी.,सह सचव बालराम भट्टराई र कोषाध्यक्ष भुपेन्द्र पोख्रेलरहनु भएकोे छ।त्यस्तै सदस्यहरु त्रिभुवन भट्टराई ,रामचन्द्र पोख्रेल, नवराज पोख्रेल, गिता जि .सी. दिपेन्द्र एम .सी. तेजु गिरलसि  चयन गरेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?