शनिबार, साउन १२, २०८१

ओलि र देउवाको भेटमा भएको सहमति गोप्य राख्नु रहस्यमय

सत्ता गठबन्धन भित्रकै दलहरुले एमसीसी टेबुल गर्नमा अबरोध गरेपछि प्रधानमन्त्री देउवा बाध्य भएर ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए । पत्नी आरजु राणासँग बालकोट पुगेका प्रधानमन्त्री देउवाले एक साँझमै दुई चरणमा छलफल गरेको बताइएको छ ।

पहिलो चरणमा बालकोट पुगरे छलफल गरेका देउवा फर्किएपछि पुन छलफलका लागि बालकोट पुगेका थिए । उनी दोस्रो पटक ८ बजेर ५० मिनेटमा बालकोट पुगेका थिए । ओलीसँग साढे एक घण्टा छलफल गरेका देउवाले खासगरी एमसीसी टेबुल गर्ने बिषयमै कुराकानी गरेको बुझिएको छ । यद्यपि उनीहरुबीच दुई चरणमा त्यतिका लामो कुराकानी के बिषयमा भयो भन्ने बारे दुवै पक्षले खुलाएका छैनन् ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् । तर उनलाई सत्ता सहयात्रीहरुकै साथ रहेको छैन । ओलीसँगको त्यतिका लामो छलफमा एमसीसी मात्रै नभइ अन्य रणनीतिक बिषयमा पनि कुराकानी भएको हुनसक्ने प्रशस्तै अनुमा गर्न सकिन्छ ।

प्रधानमन्त्री देउवाले छलफलपछि पत्रकारहरुसँग कुनै प्रतिकृया दिन मानेन् । त्यस्तै उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संचारकर्मीहरुलाई प्रतिकृया दिएनन् । ओलीको सचिवालयले भने भेटवार्ताका बिषयमा मिडियामा भन्ने बिषय कुनै नभएको बताएको छ ।

‘उहाँहरुबीच छलफल र भेटघाट भएको हो । तर मिडियासँग भन्ने बिषयमा कुराकानी नै भएन,’ ओलीको सचिवालयले जनाएको छ ।

तर भेटमा देउवाले ओलीसामू संसद खोल्न र मिलेर एमसिसी पास गरौं भनेर प्रस्ताव राखेकाे तर ओलीले यी विषयमा आफ्नो पार्टीको पहिलेकै अडान कायमै रहेको बताइएकाे छ।

स्रोतका अनुसार ओलीले सभामुखले मार्गप्रशस्त गर्नुपर्ने वा एमालेले १४ जना सांसदलाई गरेको कारबाहीलाई सदर गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।

प्रधानमन्त्री देउवार ओलीको भेटवार्ताका क्रममा एमाले कार्यकर्ताहरु प्रशस्त मात्रामा बालकोट पुगेका थिए । तर छलफलमा एमालेका कुनै नेताहरु सहभागी थिएनन् ।न्युज २४ बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?