मङ्लबार, भदौ २४, २०८२

प्युठानको सौतामारेवाट विद्यालयदेखि विश्वविद्यालयसम्म अभियानको उद्घाटन ४५ सदस्यीय समिति निर्माण

अखिल (छैठौं) प्युठान जिल्ला समितीले “विद्यालयदेखी विश्वविद्यालयसम्म” विशेष संगठनात्मक अभियानको आज उद्घाटन गरेको छ । झिमरुक गाउँपालिकाको अम्मरसिंह मा.वि. सौतामारेमा एक कार्यक्रम विच युनियनका महासचिव सुवाश जि.सि.ले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै जि.सि.ले अखिल (छैठौं)ले इतिहासका कालखण्डहरुमा जिम्मेवारीपुर्वक देश र जनताको पक्षमा आफ्नो आवाज वुलन्द पारेको वताउनुभयो । विद्यालयदेखि विश्वविद्यालयसम्म अभियान, विद्यार्थीलाई सुसुचित र जागृत गर्ने अभियान भएको वताउँदै अहिले एमसिसी विरुद्ध जनचेतना जगाउने अभियानको रुपमा सम्पन्न गर्न शुभकामना समेत दिनुभयो । उहाँले एमसिसी, देख्दा विकास गर्न दिइएको अनुदान तर सारमा राष्ट्रघाती भएको वताउनुभयो । उहाँले भन्नूभयो “यो मुसालाई राखेको औषधि जस्तै हो, देख्दा बाहिर घ्युको पिठो तर भित्र विष मिसाइएको छ । यसले हाम्रो देशको राष्ट्रियतामा गम्भीर संकट पैदा गर्नेछ ।”
कार्यक्रममा अतिथी छैठौंका केन्द्रीय सदस्य चोपबहादुर वि.क.ले जनवादी शिक्षाको विषयमा मन्तव्य राख्नुभएको थियो । त्यसैगरी प्युठान जिल्ला अध्यक्ष नवीन के.सि.ले विद्यार्थीका कर्तव्यका विषयमा आफ्नो मन्त्व्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता अम्मरसिंह मा.वि.का इकाई अध्यक्ष ले गर्नुभएको थियो भने स्वागत इकाइ सचिव प्रविण कुमार क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रम पछि भएको भेलाले प्रविण कुमार क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय इकाइ समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा मनिसा विक, सचिव नवीन विक, सहसचिव राजेश सुनार र कोषाध्यक्षमा विवस राउत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा विपना जिएम, विन्दु महत, सुनिता खनाल, आचल राउत, किरण महत, निर्मला धिमिरे, मनिसा विक, अस्मिता विक, सन्दिपा विक, प्रविण विक, सुजाता क्षेत्री, सरिता विक, राजिव विक, लक्ष्मी विक, सलिना खड्का, अस्मिता विक, सौरव विक, सोनिया सुनार, विन्दु जिसि., जुना भुसाल, सुजाता जि.सि., गंगा जि.सि., विद्या जि.सि., लक्ष्मी जि.सि., रजिना जि.सि., सुपृया जि.सि., रिता जि.सि., धनमाया सुनार, सुरज ताम्राकार, कुशुम सुनार, सरिता विक, सोनिया सुनार, सीता थापामगर, सर्मिला सुनार, अन्जु सुनार, रन्जु जि.सि., सरिता थापामगर, सौरभ विक र सागर अधिकारी रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?