सोमवार, भदौ २३, २०८२

एमसिसी नेपाली जनताकाे आन्दाेलनले खारेज गरेर छाड्ने छ:अध्यक्ष खत्री

बुटवल चैत्र ६ गते

रूपन्देहीमा क्रियाशील ६ पार्टी र २ माेर्चाकाे संयुक्त राष्ट्रघाती एमसिसी बिरूद्दकाे बिराेध सभामा बाेल्दै राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेशका अध्यक्ष का०बाेम बहादुर खत्रीले अमेरिकी साम्राज्यवादबाट जबर्जस्ती लाद्न खाेजिएकाे राष्ट्रघाती एमसिसी नेपाली जनताको आन्दाेलनले खारेज गरेर छाड्ने दावा गर्नुभयाे। अमेरिकी दलालहरूले डलरको आडमा जनताको आवाज दबाएर,धरपकड,गिरफ्तार गरेर देशको स्वाभिमान माथि साैदाबाजी गर्न नसक्ने चेतावनी दिनुभयो।अहिले अमेरिकी साम्राज्यवादकाे प्रवेश समान्य मान्ने हरूलेे मानव जातीकै १ नम्बरको दुश्मन अमेरिकी साम्राज्यवाद विश्वमा जहाँ जहाँ पुग्छ त्यहाँका शासक र जनताको कस्ताे दूर्गती बनाएकाे छ? त्यसबाट नेपाली लेण्डुपहरूले शिक्षा नलिनु स्वाभिमानी नेपालीहरूकाे लागि दूर्भाग्य भएको बताउनुभयो ।

बिराेध प्रदर्शन गगनभेदी नारा सहित पुष्पलाल पार्क बाट ट्राफिक चाैक र मुख्य बजार हुदै पुरानो बसपार्कमा पुगेर बिराेध सभामा परिणत भएको थियोे । कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का पिबिएम प्रेम सुवेदी,नेकपाकाे तर्फबाट का०विरेन्द्र
नेकपा(माले)का केन्द्रीय सचिवालय सदस्य गाेपालमणी गाैतम,बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका गाेविन्द विकले पनि सम्बाेधन गर्नुभएको थियोे । कार्यक्रमकाे संचालक नेकपा का खाेमा त्रामुमगरले गर्नुभएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?