शुक्रबार, चैत्र १६, २०८०

नेपाल चपेटामा परिसक्यो !

सुवास जिसि

चित्रवहादुर केसिले एमसिसी नेपाली जनताको लागि गलपासो हो भन्नुहुन्थ्यो । गलपासो हो भन्ने कुरा त अब स्पष्ट भयो । हिजो मात्रै अमेरिका र चिन वीच दोहोरी चलेको छ । पास भए चीन चुप बस्दैन, नभए अमेरिका ।

देशभित्रको स्थिति दिनानुदिन खराव हुँदै छ । लगभग सबै जसो दलहरु विभाजन भएका छन् र अझै बिभाजन हुने स्थितिमा छन् । एमालेको कारण व्यवस्थापिका (संसद) अवरुद्द छ । कार्यपालिकाले (सरकारले) महङ्गी बढाउने बाहेक केही सिन्को भाँच्न सकेको छैन । न्यायपालिका अस्तव्यस्त छ, प्रधानन्याधीशलाई महाअभियोग लगाइएको छ ।

स्थानीय चुनावको कुनै टुङ्गो छैन, कुन सरकार बन्छ र कुन सरकार ढल्छ त्यसको टुङ्गो छैन । जवरजस्ती एमसिसी पास भए त्यसले देशभित्र धेरै नै विकराल स्थिति सृजना हुनेकुरा निश्चित छ । आज देशलाई यो कालो भुमरी भित्र हाल्न काङ्रेस, एमाले , माओवादीहरुकै भुमिका छ ।

राष्ट्रिय जनमोर्चा मात्रै एउटा त्यस्तो पार्टी हो जसले निरन्तर देश, जनता र राष्ट्रको पक्षमा बोल्दै आएको छ । विडम्बना यो हो कि जनमोर्चालाई सिद्दाउनको लागि गम्भीर षड्यन्त्रहरु भैइरहेका छन् । संघीयताको विरोधलाई लिएर भारतले, र एमसिसिको विषयलाई लिएर अमेरिकाले जनमोर्चालाई सिद्दाउन चाहान्छन् ।

हामीले जुनसुकै हालतमा हाम्रो देश जोगाउनु छ । एमसिसिलाई कुनै हालतमा पास गर्न दिनुहुँदैन । हिजो संघीयताको विषयमा छलफल भएको भए सायद एमसिसी जस्तै आन्दोलन हुन्थ्यो त्यसलाई खुसुक्क छिराइएको हो । अब जनताको आन्दोलनवाट सुरुमा एमसिसी र त्यसपछि संघीयता खारेज गर्नुपर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal