मङ्लबार, बैशाख ४, २०८१

नसा चुडिने गरि चिच्याउने थलो माइतीघर घर मण्डला

काठमाडौं, फागुन ७ । जिन्दावाद ! मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन रु थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउन आन्दोलनकारी चुक्दैनन् ।

माइतीघरकै सडक हुँदै बन्द गाडीमा मन्त्री गुड्छन्, मन्त्रालयका सचिव गुड्छन्, जिम्मेवार पदाधिकारी गुड्छन् । तिनले कति सुन्छन् आन्दोलनकारीलाई वास्ता हुँदैन । साधारण बटुवाले चाहिँ ती आवाज मजाले सुन्छन् । अनि फुर्सद हुनेहरू उभिएर रमिता हेर्छन् । भाषण सुन्छन् । चासो नहुने चाहिँ दिनदिनैको नाराबाजी यस्तै हो भनेर बाटो लाग्छन् ।

आन्दोलन गर्न विद्यार्थीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म त्यहाँ पुग्छन् । यसै भएर माइतीघर वरपरको व्यवसाय बढेको पनि छ । कुनै व्यवसायी वाक्क दिक्क मान्छन्, कोही दिनदिनै भए जीविकोपार्जन गर्न काइदै हुन्छ भन्ने ठान्छन् । आन्दोलनको समय कार्यालय समयकै आसपास हुन्छ ।

प्रायः बिहान ११ देखि अपराह्न ४ बजेसम्म त्यो स्थल खाली नै हुँदैन । २०५८ पुसमा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को ११औँ शिखर सम्मेलनताका माइतीघरको घुमाउनेमा रहेका घरहरू विस्थापन गरी अहिलेको मण्डला बनाइएको हो ।

त्यसपछिका दिनमा त्यसै मण्डलामा उभिएर आन्दोलन हुन थालेका हुन् । अचेल त्यहाँ प्रतिबन्ध लगाइएपछि मण्डलाको दक्षिणतर्फको र्भिस लेनमा आन्दोलनका विभिन्न कार्यक्रम गरिन्छन् । गोरखापत्र दैनिकबाट

काठमाडौं, फागुन ७ । जिन्दावाद ! मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन रु थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउन आन्दोलनकारी चुक्दैनन् माइतीघरकै सडक हुँदै बन्द गाडीमा मन्त्री गुड्छन्, मन्त्रालयका सचिव गुड्छन्, जिम्मेवार पदाधिकारी गुड्छन् । तिनले कति सुन्छन् आन्दोलनकारीलाई वास्ता हुँदैन । साधारण बटुवाले चाहिँ ती आवाज मजाले सुन्छन् । अनि फुर्सद हुनेहरू उभिएर रमिता हेर्छन् । भाषण सुन्छन् । चासो नहुने चाहिँ दिनदिनैको नाराबाजी यस्तै हो भनेर बाटो लाग्छन् ।

आन्दोलन गर्न विद्यार्थीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म त्यहाँ पुग्छन् । यसै भएर माइतीघर वरपरको व्यवसाय बढेको पनि छ । कुनै व्यवसायी वाक्क दिक्क मान्छन्, कोही दिनदिनै भए जीविकोपार्जन गर्न काइदै हुन्छ भन्ने ठान्छन् । आन्दोलनको समय कार्यालय समयकै आसपास हुन्छ ।

प्रायः बिहान ११ देखि अपराह्न ४ बजेसम्म त्यो स्थल खाली नै हुँदैन । २०५८ पुसमा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को ११औँ शिखर सम्मेलनताका माइतीघरको घुमाउनेमा रहेका घरहरू विस्थापन गरी अहिलेको मण्डला बनाइएको हो ।

त्यसपछिका दिनमा त्यसै मण्डलामा उभिएर आन्दोलन हुन थालेका हुन् । अचेल त्यहाँ प्रतिबन्ध लगाइएपछि मण्डलाको दक्षिणतर्फको र्भिस लेनमा आन्दोलनका विभिन्न कार्यक्रम गरिन्छन् । गोरखापत्र दैनिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?