शनिबार, साउन १२, २०८१

हरियाली कृषि सहकारीको संस्थाको प्रथम साधरणा सभा सम्पन्न

 

प्युठान झिमरुक नारायण जिसि

उत्पादन विनाकाे सम्वृद्वि र सम्वृद्वि विनाकाे सहकारीकाे कुनै अाैचित्य नभएको कुरा एक कार्यक्रमका सहभागिले बताएका छन्।
जय हरियाली कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन झिमरुक गाउँपालिका ८ गव्दी प्युठान मा सम्पन भएको छ।
जिल्ला कृषि सहकारी संघ प्युठानका अध्यक्ष दिन बहादुर जि.सी.काे प्रमुख आथित्यता नवीन कृषि फर्मका संचालक र झिमरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण जि .सी.काे विशेष अतिथि रहेकाे कार्यक्रममा स्वागत भाषण दानबहादुर बस्नेत ,अध्यक्षता राम प्रसाद उपाध्याय र संचालन हरी थापाले गर्नु भएको थियाे।
अधिवेशनले राम प्रसाद उपाध्यायकाे अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन भएको छ।जसकाे उपाध्यक्षमा लाेक बहादुर बस्नेत ,सचिवमा छन्द बहादुर बस्नेत र काेषाध्यक्षमा अस्मिता थापा रहनु भएको छ।
सदस्यहरुमा पुर्ण बहादुर महतारा,कृष्ण बस्नेत ,चुलपा राेका,बिष्णु बस्नेत र विष्णुमाया बस्नेत रहनु भएको छ।
लेखा समितिमा संयाेजक संकर बस्नेत , सदस्य दान बहादुर बस्नेत र सदस्य गाेविन्दराज भट्टराई रहनु भएको छ।
ऋण समितिमा संयाेजक पुर्ण बहादुर महतारा, सदस्य धर्म बहादुर बस्नेत र सदस्य तुल बहादुर बस्नेत रहनु भएकाे छ।
शिक्षा समितिमा संयाेजक हरी थापा, सदस्य कल्पना बस्नेत र सदस्य शित्तल बस्नेत रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal