सोमवार, भदौ २३, २०८२

आठ दलहरूले फागुन ८ गते एम.सी.सी. को विरुद्धमा संसद् भवन र जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने

 

काठमाडौँ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहित आठ राजनीतिक दलहरूले फागुन ८ गते एम.सी.सी. को विरुद्धमा संसद् भवन र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् ।

आज २०७८ फागुन ७ गते बसेको आठ राजनीतिक दलहरूको बैठकले सो निर्णय गरेको हो ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले दिनुभएको जानकारीअनुसार काठमाडौँमा आठ दलले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म जुलुस प्रदर्शन गर्ने छन् । त्यसपछि संसद् भवन घेराउ गरिने छ ।

त्यसैगरी जिल्लामा आठ दलले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् ।

कार्यक्रमको आयोजना नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी विप्लव पक्ष, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?