
प्युठान १०, फाल्गुण ।
पटकपटक मोटो रकम चन्दा मागेको तर गाउँपालिकाले नदिए पछि विप्लव नेतृत्वको नेकपाका यूवाहरुले जंगली हर्कत गरेको मल्लरानी गाउँपालिकाले आज विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
गाउँपालिका अध्यक्ष अमंरध्वज रानामगर, प्रमुख प्रशासकीय अकिृत बालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिवराज पण्डित माथी विप्लवका समुहका केहि यूवाहरुले सोमवार अमानवीय तथा अभद्र व्यवहार गरेका थिए ।
मल्लरानी गाउँपालिकाको वार्ड न ५ मा स्थित भूमी विकास आधारभूत विद्यालय सरङकोटमा पठनपाठन सहजीकरण , समस्या तथा समाधान सम्बन्धि छलफल चलिरहेका बेला एक्कासी ती ब्यक्तिहरुबाट कालोमोसो दल्ने सम्मको अमानवीय व्यहार गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले उक्त कार्यको निन्दा एब भर्सना गरेको छ । नियोजित रुपमा विप्लवका कार्यकर्ता परिचालित भएको गाउँपालिकाले विज्ञप्ती मार्फत जनाएको छ । चन्दा नपाएको आबेगमा आएर विभिन्न आरोप लागाउने काम भएको उल्लेख गरिएको छ।
नेकपा बिप्लव समुहको बिग्यप्तीको खण्डन गर्दै गाउँपालिका निति र बिधिमा चलेको उल्लेख गरिएको छ साथै आरोपहरु निराधार रहेको उल्लेख छ।
बिप्लवका कार्यकर्ता बताउने गोपीलाल सुनार, होम बहादुर पुन, शिवराज मल्ल, केशव घर्ती, नारायण मल्ल र सूर्य विक लगाएतको समुहले उदण्ड काम गरेको गाउँपालिकाका प्रवक्ता गिरिराज पौडेलले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ।
कुनै समस्या भए छलफल र कानुन अनुसार जान सबैलाई छुट भएको भन्दै अमानवीय किसिमका कार्य नगर्न र अराजक समूहमाथी कडाभन्दा कडा कानुनी कारवाही गर्नसमेत गाउँपालिकाले माग गरेको छ ।