
बिरोध प्रदशन सहित कोणसभा
प्युठान ११, फाल्गुण ।
अखिल नेपाल युबक संघ प्युठानले फल्गुण ९ गते मल्लरानी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारी माथी भएको अमानवीय दुव्र्यवहार घटना प्रती प्रहरी,प्रशासनले अहिले सम्म दोषीलाई पक्राउ गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र पेश गरेका छ्न।
३ दिन बित्न लाग्दा समेत घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नु दु:खद भएको भन्दै तत्काल पक्राउ गरि कानुन अनुसार कडा कार्बाही गर्न ध्यानाकर्षण पत्र मार्फत सचेत गराइएको संघका कार्यबाहक अध्यक्ष कमल पौडेलले हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।
उता ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ खिमराज भुसालले घटनामा संलग्न भएकाहरुको खोजी कार्य भैरहेको बताउनु भयो।उहाले घटनामा संलग्न ब्यक्तिलाई उन्मुक्ति नदिने प्रतिक्रिया समेत दिनु भएको छ।
मल्लरानी गाउँपालिका अध्यक्ष अमंरध्वज रानामगर, प्रमुख प्रशासकीय अकिृत बालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिवराज पण्डित माथी विप्लवका समुहका केहि यूवाहरुले सोमवार अमानवीय तथा अभद्र व्यवहार गरेका थिए ।
र्याली तथा बिरोध प्रदशन
भने अनुसारको चन्दा रकम नपाएको आबेगमा आएर विभिन्न आरोप लागाउने काम गलत भएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि जनमोर्चा निकट युबक संघले बाईक र्याली सहित बिरोध प्रदशन गरेको छ।
प्रदशन पछि युबा नेता शुवास जि सीले सम्बोधन गर्दै जनमोर्चालाई नजिस्काउन बिप्लव समुहलाई अनुरोध गर्नु भएको छ । गल्ती गर्दैनौ गल्ती गर्ने लाई बाकी छोड्दैनौ भन्दै एस्ता गलत हर्कत नगर्न चेतावनी दिनु भएको छ। तत्काल घटनामा संग्लग्न अपराधीक मनसिकता बोकेका ब्यक्तिलाई पक्राउ गर्न प्रहरी र प्रशासनलाई आग्रह समेत गर्नु भएको छ।
आजै घटना भएको स्थान सरङकोट्मा पुगेर युबक संघले घटनामा संलग्नहरुको भन्डाफोर तथा कोणसभा गरेको छ।