
प्यूठान चैत्र ११ गते ।
राष्ट्रघाती एमसिसी सम्पूर्ण रूपमा खारेजीको माग गर्दै झिमरूक गाउँ पालिका काे केन्द्र मच्छि बजारमा राष्ट्रिय जनमाेर्चा झिमरूक काे आयाेजनामा मसाल जुलुस सम्पन्न भएको छ।बजार परिक्रमा पछि आयाेजित बिराेध सभालाई गाउँ पालिका अध्यक्ष तिलक जिसी,अखिल(छैटाैं)का महासचिव सुभाष जिसी,राजमाे केन्द्रीय सदस्य नारायण जिसी र अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिम बहादुर विकले सम्वाेधन गर्नुभएको थियोे । ।बक्ताहरूले एमसिसीले देशलाई पराधिन गराउने मात्र नभएर शक्ति केन्द्रकाे क्रीडा स्थल,रणभूमि बनाउने निश्चित छ।पटकपटक राष्ट्रघाती सन्धि सम्झौता गरेर देश विकासकाे नाममा राष्ट्रघात गर्ने नेपाली लेण्डुपहरूलाई जनताले चिन्नु पर्ने,एमसिसी अरू राष्ट्रघात भन्दा कैयौं गुणा खतरनाक भएकोले यसकाे खारेजीको आन्दाेलनमा सबै देशभक्त लामबद्द हुन आव्हान गर्नुभयो ।भाेली राजमाे काे आयाेजनामा जिल्ला प्रशासन कार्यलय घेराउ कार्यक्रममा उपस्थित हुन पनि वक्ताहरूले अनुरोध गर्नुभयो ।कार्यक्रमकाे संचालन किसान महासंघका केन्द्रीय सचिव वीर बहादुर जिसीले गर्नुभएको थियो।