
जुमान सिंह के सी १२, फाल्गुन प्युठान।
प्युठानको सदरमुकाम खलंगामा एम सिसि खारेजीको माग गर्दै बिशाल जन प्रदशन सहित सभा सम्पन्न भएको छ।
जिल्ला सदरमुकाम खलंगामा सयौंको उपस्थितिमा नाराजुलुस सहित बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध सभा गरिएको छ।
कम्युनिस्ट घटक ४ पार्टीले एम सि सि विरुद्धमा जनप्रदसन, सभा तथा प्रशासन कार्यालय घेराउ गरेका हुन।
र्राष्ट्रिय जनमोर्चा, , नेकपा (क्रान्तिकारी) माओवादी, नेकपा मसाल र नेपाल कम्युनिस्ट पार्टी मालेकी सयुक्त आयोजनामा बिरोध प्रदशन तथा प्रशासन कार्यालय घेराउ कार्यक्रम भएको हो।
सरकारले संसदमा एम सिसि पास गर्न लागिपरेको भन्दै त्यसको विरुद्धमा देश ब्यापी बिरोध तथा प्रदशन गर्ने कार्यक्रम अनुसार प्युठानमा पनि साशक्त आन्दोलन गरिएको राजमो प्युठानले जनाएको छ।
विरोध तथा प्रदशन कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले एम सि सि को विरुद्धमा आम जनता सडकमा आउनु पर्ने बताउनु भयो। उहाँले देश रहे मत्रै यहाका पार्टी रहने भन्दै पहिलोकुरा देश, रास्ट्र रहनु पर्नेमा ठुला हात्ती पार्टीहरु बिदेशीहरुको दलाल बन्न पुगेको आरोप लगाउनु भयो। नेपालका दलालहरु बिदेशीको इसरामा चलेको भन्दै कुनै पनि हालतमा एम सिसि पास गर्न नहुने उल्लेख गर्नु भयो।शासकहरु एक दिन नेपाली जनताका अगाडी झुक्ने दिन आउनेमा दाबी गर्नु भयो।
नेकपा मसालका जिल्ला प्रबक्ता ज्ञामुराम न्यौपानेले अमेरिकी सैनिक नेपालमा राख्ने र नेपाललाई अस्तब्यस्त गराउने खेल अनुरुप एमसिसी आएको भन्दै पटकपटक नेपाली दलालहरुले नेपाली जनतालाई झुक्याउने गरेको उल्लेख गर्दै देउवा नेतृत्वको सरकारलाई एम सिसि खारेज गर्न आग्रह गर्नु भयो। पैसा भन्दा देश ठूलो भएको भन्दै विष मिसिएको सहयोग आवस्यक नरहेको बताउनु भयो।एक दिन नेपाली जनताका अगाडि शासकहरुले घुडा टेक्ने समेत उल्लेख गर्नु भयो।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य टिकाराम पौडेलले एम सि सि पास गर्न सरकार लागी परेको भन्दै रास्ट्र्वादी शक्तिहरु एक हुनु पर्ने वताउनु भयो” कुनै पनि हालतमा एम सिसि पास गर्न नहुने भन्दै थप आन्दोलनको आवस्यकता रहेको उल्लेख गर्नु भयोसाथै बिदेशी दलालहरुलाई पास गरेमा जनताले कारबाही गर्ने चेतावनी दिदै आन्दोलन नरोकिने बताउनु भयो।
नेकपा मालेका जिल्ला सचीव तिल बिक्रम के सीले बिदेशको दलाली गर्ने पार्टी र नेतालाई एम सि सि पास गरेर देखाउन चौनौती दिनु भयो। देश र जनताको निम्ति रगतको भोल बगाउन पछि नपर्ने भन्दै तेस्ता नेतालाई जनताले ठेगान लगाउने भन्दै केहि आर्थिक लोभ देखाएर अमेरिकी साम्राज्यवादले नेपालमा आफ्ना सेना राख्न र आफ्नो स्वार्थ पूरा गर्न खोजेको वताउनु भयो उहाले नेपाली दलालहरुलाई जनता विरुद्ध गतिविधि नगर्न चेतावनी दिनु भएको छ।
राजमो प्युठान प्रहरी प्रशासन प्रती आक्रोश..
मल्लरानी गाउँपालिकाका अध्यक्ष लगाएत कर्मचारी माथी बिप्लब समुहका केही ब्यक्तिबाट गरिएको अभद्र तथा अमानवीय व्यबहार गरेका ब्यक्तिलाई प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको प्रती आक्रोश व्यक्त गरेको छ।
चार दिन बितिसक्दा पनि दोषीलाई कानुनी दाएरामा ल्याउन नसक्नु प्रशासन माथी प्रश्न उठेको पार्टीले जनाएको छ। तत्काल अपराधीक समुहलाई पक्राउ गरि कानुनी कारबाही गर्न माग गरेको छ।
राजमोका जिल्ला सचीव बिदुर मल्लले कार्यक्रमको संचालन गर्नु भएको थियो ।