मङ्लबार, भदौ २४, २०८२

आठ दलद्वारा १६ गते एम सिसि विरुद्ध नेपाल बन्दको घोषणा

झिमरुक पोस्ट संवाददाता काठमाडौं , आठ राजनीतिक दलहरूले एम.सी.सी. को विरुद्ध भोलि आइतबार नेपाल बन्द गर्ने घोषणा गरेका छ्न। आज बसेको आकस्मिक बैठकले देशको हित बिपरित देउवा सरकारले रातारात एम सिसि कम्प्यक्ट पारित गर्ने मुर्खता गरेको भन्दै एसको विरुद्ध र्राष्ट्रिय रुपमा प्रतिबाद गर्न संघर्श संचालन गर्नु गर्नु देशभक्त नागरिकको कर्तव्य भएकोले यसको संबेदनसिलतालाई दृष्टिगत गरि ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले तत्कालीन जनसंघर्शका कार्यक्रम घोषण गरेको सयुक्त रुपमा बिग्यप्ती मार्फत जानकारी गराएका छ्न। घोषणा गरिएका कार्यक्रम सफल पार्नको लागि देशभक्त, प्रगतिशील,आम नेपाली जनसमुदायलाई हार्दिक अपिल गरिएको छ। आज १५ गते साझ देशव्यापी रुपमा मसाल जुलुस र भोलि आइतबार शशक्त नेपाल बन्द गर्ने निर्णय गरेका छ्न। नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी, नेकपा (विप्लव पक्ष), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल कम्युनिस्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र समाजवादी) ले हस्ताक्षर गरेका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?