मङ्लबार, भदौ २४, २०८२

र्राष्ट्रिय जनमोर्चा पाँच दलिय गठबंधनबाट बाहिरियो

 

राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले ५ दलिय गठनन्दन बाट अन्तत बाहिरिने निर्णय गरेको छ।
राजमोको आज बसेको केन्द्रिय सचिवालयले गरेको निर्णयलाई वक्तव्य जारी गर्दै अध्यक्ष चित्र बहादुर के स ले गठबन्दनमा बसिरहनु औचित्य हिन भएको भन्दै बाहिरिने निर्णय गरेको छ।

केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिदै आएको राजमोले प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनले विघटित संसदको पुनस्र्थापना, ओली सरकारको अन्त्य, प्रतिगमनका विरोधी शक्तिहरुको नेतृत्वमा नयाँ सरकारको निर्माण तथा गणतन्त्रको रक्षाका लागि गठबन्दन भएको पार्टीले जनाएको छ।

एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता सडकमा उत्रेका बेला राजमो पार्टीले लगातार एमसीसीको खारेजीमा जोड दिंदै आएको छ।

एस परिप्रेक्ष्यमा पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको भन्दै राजमोले बहिरिएको बताएको छ।
गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट पार्टी आजका मितिदेखि नै अलग भएको पार्टीका केन्द्रिय अध्यक्ष चित्र बहादुर के सीले वक्तव्य मार्फत जानकारी गराउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?