बुधबार, भदौ २५, २०८२

प्यूठानमा चालकसँग ट्राफिक प्रहरी कार्यक्रम सञ्चालन

अनुज पछाई , प्यूठान । सवारी साधन चालका सहचाक तथा यात्रुाई सचेत बनाउने उद्देश्यले जिल्ला ट्राफिक कार्यलय प्यूठानले चालकसंग ट्राफिक प्रहरी कार्यक्रम सञ्चालन गरेको छ । बिहिबार प्यूठानका देविस्थान , विजुवार र बाग्दुलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानबाट खटिएको टोलिले “चालकसँग ट्राफिक प्रहरी “ कार्यक्रम अन्तर्गत साना तथा ठुला सवारी साधनहरुका चालक , सह चालक तथा यात्रुहरु समेतलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया–बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिईएको दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख मधु थापाले जानकारी दिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?