बुधबार, भदौ २५, २०८२

राष्ट्रिय जनमाेर्चा बागलुङकाे प्रशिक्षण भेला उदघाटन

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा बागलुङकाे २ दिने प्रशिक्षण भेलाकाे २०७८ फागुन २० गते राधाकृष्ण हल बागलुङ बजारमा उदघाटन कार्यक्रम सम्पन्न भएकाे छ । प्रशिक्षण भेलाकाे उदघाटन प्रमुख अतिथि तथा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टले गर्नु भएकाे थियाे । उदघाटन मन्तब्यकाे क्रममा प्रमुख अतिथि महासचिव मनाेज भट्टले अहिले देशकाे राष्ट्रियता कमजोर बन्दै गएकाे अवस्थामा झन MCC जस्तो राष्ट्रघाती सम्झाैता पारित गरेर गम्भीर राष्ट्रघात गरेकाे बताउनु भयाे । प्रतिगमण बिरुद्ध संघर्षमा बनेकाे ५ दलिय गठबन्धन भित्रका पार्टीहरुले राष्ट्रियताकाे बिषयमा अडान लिन नसक्दा MCC काे पक्षमा उभिएकाेले गठबन्धनबाट राष्ट्रिय जनमाेर्चा बाहिरीएकाे बताउनु भयाे । राष्ट्रिय जनमाेर्चा राष्ट्रियता र जनजिबिकाकाे सवालमा कुनै पनि सम्झाैता गर्न नसक्ने बताउदै प्रतिगमन बिरुद्ध साथै राष्ट्रियताकाे अान्दोलन लाई सशक्त बनाउन सबैलाई अाव्हान गर्नु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह ईन्चार्ज गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सहसचिव तथा गण्डकी प्रदेश मामिला सभापति माननीय खिम बिक्रम शाही, राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, लक्ष्मी बास्काेटा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, ने.क.पा. मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र दत्त ढकाल, युगदर्शन प्रा.लि.का व्यवस्थापक हरिकान्त शर्मा लगायतले भेला सफलताको शुभकामना दिनु भएकाे थियाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापा, केन्द्रीय सदस्य दिल बहादुर दर्जी, लिलादेबि शर्मा, गण्डकी प्रदेश सचिव बेदीलाल सापकोटा, सल्लाहकार टंक केसी, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन बन, अखिल छैठौंका केन्द्रीय काेषाध्यक्ष प्रतिभा अाचार्य, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल किसान संघ बागलुङका अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवर, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रशाद शर्मा, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम पुन, जातीय समता समाज बागलुङका काेषाध्यक्ष राम कुमार बिक, अखिल छैठौं बागलुङका अध्यक्ष गणेश सापकोटा लगायतका अातित्थयता रहेकाे थियाे ।

कार्यक्रम राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापाकाे अध्यक्षता, सचिव भिमलाल पाेखरेलकाे सञ्चालन र उपाध्यक्ष धर्म कुँवरकाे स्वागत मन्तब्यमा सम्पन्न भएकाे थियाे । २० र २१ गते २ दिन सम्म सञ्चालन हुने जिल्ला प्रशिक्षण भेलामा विभिन्न राजनैतिक बिषयमा प्रशिक्षण हुनुका साथै ०७९ बैशाख ३० मा सम्पन्न हुने स्थानिय निर्वाचन सम्बन्धी बिषयमा निर्णय समेत हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?