बुधबार, भदौ २५, २०८२

प्युठानको नारिकाेटमा राष्ट्रिय जनमोर्चा द्वारा एमसिसी बिरूद्द बिराेध सभा सम्पन्न

 

प्यूठान फाल्गुन २१
राष्ट्रिय जनमाेर्चा गाैमुखी गाउपालिका वार्ड नं ७ नारिकाेटमा एमसिसी बिरूद्द बिराेध सभा सम्पन्न भयाको छ।
भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश अध्यक्ष का०बम बहादुर खत्रीले राष्ट्रघाती एमसिसी बारे बाेल्दै याे सहयाेग हाेइन लगानी नै भएको ठाेकुवा गर्नुभयो । वीर बिरंगना हाम्रा पूर्वजहरूले लडेर बचाएकाे पूर्वजकाे नासाेलाई अमेरिकी दलालहरूले शक्तिराष्ट्रकाे रणभूमि बनाउन खाेजेकाे दावी गर्नुभयो । याे तल्लो दर्जाको राष्ट्रघात हाे भन्दै एमसिसी देशकाे लागि दूर्भाग्य सावित हुने भएकोले यसकाे खारेजीको विकल्प नभएको बताउनुभयो। आठ दलीय संयुक्त कार्यक्रम व्यापकरूपमा सफल पार्नुपर्ने जरुरी रहेको भन्दै नेता खत्रीले जनताको संघर्षकाे अगाडि कुनै पनि तानाशाह टिक्न नसकेको इतिहास रहेको बताउनुभयो ।संयुक्त कार्यक्रम महत्त्वपूर्ण भए पनि फाल्गुन १९ र २२ गते सम्म राजमाेले देशैभरि एकल आन्दाेलन गरिरहेको जानकारी दिनुभयो । एकल आन्दाेलनकाे बेग्लै र विशेष महत्त्व हुने भएकोले कार्यकर्ताले यसबाट ध्यान हटाउन नमिल्ने बताउदै आगामी स्थानीय निर्वाचनमा त्यहीँ अनुसार तैयारी गर्न आव्हान गर्नुभयो ।आज राजमाेकाे भृग्री र बराैलामा पनि कार्यक्रम भैरहेको छ।

कार्यक्रममा अनेमसंघ केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश सांसद तारा जिसीले सम्बाेधन गर्दै प्रदेश बाट आफ्नाे पहलमा विनियोजन भएका याेजनाहरूकाे जानकारी दिदै विकासमा क्वालिटीकाे कमि भएकाे आैल्याउदै कहाँ कसबाट भएको छ त्यसकाे जानकारी र सहकार्य गरे त्यसलाई केही हद सम्म भएपनि नियमन गर्न सकिने बताउनुभयो । महिलाका समस्या धेरै भएको उल्लेख गर्दै फाल्गुन २४ गते ठूलावेशीमा आयाेजना गरिएको अन्तर्राष्ट्रिय महिला दिवसमा सहभागी हुन अनुराेध गर्नुभयो ।
नेकपा(मसाल)का प्यूठान जिल्ला प्रबक्ता का०ज्ञामुराम न्याैपानेले अमृत जिवन माविलाइ स्तरन्नाेती गर्न नारिकाेटका जनताले गरेको पहल स्वागतयोग्य रहेको बताउनुभयो । वार्डध्यक्षकाे कार्यशैलीकाे आलाेचना गर्दै विध्धालय स्तराेन्नती गर्न आफ्नो निर्वाचन अवधिभर वजैट विनियोजन नगर्नु आपत्तीजनक रहेको बताउनुभयो ।
गापाकाे वित्तीय अनुशासन अपारदर्शी रहेको कारण गापालाई महालेखाले आलाेचना गरेको बताउनुभयो । गाउँ पालिकाकाे प्रशाशकिय भवन र पालीका अस्पताल निर्माणमा पालिकाकाे कार्य कुशलता राम्रो नभएको स्पष्ट हुन्छ । चार कराेड बेरूजु पालिकामा रहेको बताउदै दुई बर्षबाट गापाले सार्वजनिक सुनाई पनि नगरेकाे बताउनुभयो ।आफ्नालाइ काख र अरू लाई भेदभाव गरि अनुदान वितरण गर्ने गरिएको छ।प्रत्येक क्षेत्रमा अपारदर्शी,मनमानी र जनताकाे खुन पसिनाबाट जम्मा भएको राज्यकोसकाे सहि सदुपयोग नगरेको बताउनुभयो ।
नारिकाेट कम्युनिस्टहरूकाे पुरानो उत्गमस्थल स्थल हाे हामीले यहाँ बाट सिक्ने हाे सिकाउने स्थान हाेइन,त्यही रूपमा संगठन ब्यवस्थित गर्न कार्यकर्ताहरूलाई अनुराेध गर्नुभयाे।कार्यक्रममा राजमाे केन्द्रीय सदस्य नारायण जिसी र जिल्ला सदस्य भरत केसीले पनि सम्बाेधन गर्नु भएको थियोे ।
कार्यक्रममा अनेयुसंघ का केन्द्रीय सदस्य बरूणध्वज मल्ल,गाैमुखी पालिका सदस्य श्याम बहादुर केसी,अनेमसंघ गाैमुखी पालिका सदस्य कल्पना कवर र वार्ड कमिटी सदस्य तितला पुरी,अनेशिसंघ गाैमुखी पालिका काेषाध्यक्ष बल बहादुर सुनार,राजमाे वार्ड समिति सदस्यहरू गाेविन्द पुरी,रेगम पुरी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डिगढ नगर समितिका सदस्य वेगम कुवरकाे पनि आतिथ्यता रहेको थियोे ।
राजमाे वार्ड उपाध्यक्ष का०हुकुम बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको भेलाकाे संचालन वीर बहादुर केसी र स्वागत राजमाे वार्ड जनप्रतिनिधि ज्ञान बहादुर कवरले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?