
खिमराज चालिसे, चंडिगढ । ५ मार्च २०२२ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न्न सहरहरूमा परिचयपत्र विहीन नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन सक्रियता पुर्वक पहल गरिरहेको सन्दर्भमा आज राजस्थान राज्यको श्रीगंगानगरमा मूलप्रवाह नगर समितिको आयोजनामा ३५ जना नेपालीहरु लाई दोश्रो डोजको खोप लगाइएको हो । मूलप्रवाह नगर समितिको पहल तथा समाजसेवी शब्बीर खानको सक्रियता र चिफ मेडिकल एण्ड हेल्थ अफिसरको सहयोगमा नेपालीलाई दोश्रो खोप लगाइएको मूलप्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई ले बताउनु भएको छ । सो अवसरमा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जीसी, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य तथा रक्तिमका नगर संयोजक हुम बहादुर विक, नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, महिला नगर संयोजक बसन्ता नेपाली, मूलप्रवाह नगर सचिव बसन्त भन्डारी, नगर कोषाध्यक्ष रेशम भन्डारी, सदस्य जागेस्वर न्यौपाने, सल्लाहकार सोनु केसी, महिला विभागकी क्षेत्रिय कोषाध्यक्ष सुनिता भट्टराई, बाल संगठन संयोजक संजना भट्टराई, लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।