बुधबार, भदौ २५, २०८२

राष्ट्रिय जनमोर्चा गुल्मिको चुनावी भेलाको महासचिव मनोज भट्ट द्वारा उद्घाटन

 

शंकर प्रसाद पोख्रेल गुल्मी पुर्तिघाट

राष्ट्रिय जनमोर्चा गुल्मिको आयोजनामा गुल्मिको कालीगण्डकी गाउंपालिकामा स्थानीय तहको चुनावी भेला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती मनोज भट्टले अहिले दुई खाले अतिवाद शीत नेपाली जनताहरुले संघर्स गर्नुपर्ने बताउनुभयो। अझैपनी प्रतिगमन खतरा रहेकोले प्रतिगामी शक्ति र त्यो भन्दा पनि खतरा राष्ट्रघाती एमसिसी संझौता विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो।

राष्ट्रघाती एमसिसी संझौता अमेरिकी साम्राज्यवादका दलालहरुले नाटकि सैलिमा संसद बाट पास गरेको भन्दै जनताको आन्दोलनले त्यो राष्ट्रघाती संझौता खारेज गर्नुपर्ने बताउनुभयो। त्यसै गति राष्ट्रिय जनमोर्चाकस केन्द्रिय सचिब हिमलाल पुरी ,

चुनावी भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राम कुमार क्षेत्री ,केन्द्रिय सदस्य तथा कालीगण्डकी गाउपालिकाकी उपाध्यक्ष तारा थापा क्षेत्री राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेस सांसद पियारि थापा अखिल नेपाल सिक्षक संघका कृष्ण ढकाल ,प्रगतिशील पत्रकार संघ गुल्मिका अध्यक्ष हरि न्यौपाने, नेकपा मसालका जिल्ला प्रबक्ता ओमेन्द्र कुंवर  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसै गरि सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षण भएको थियो जस्मा राजमो सचिब हिमलाल पुरी महासचिव मनोज भट्ट लगयले प्रशिक्षण दिनुभएको थियो।
राष्ट्रिय जनमोर्चा गुल्मिका अध्यक्ष जीवन रानाको अध्यक्षता र सचिब छबिलल सर्तुङ्गिको संचालन र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गुमान सिंह पुनको स्वागत भासण बाट कार्यक्रम अगाडि बढेको थियो।

स्थानीय तह चुनाव भेलाका कार्यक्रमको बिच बिचमा रक्तिमका कलाकारहरुले नो एमसिसी लगाएतका जनबादी गित र निर्त्य प्रस्तुत गरेका थिए। भेलामा गुल्मी जिल्ला भरका स्थानीय तहका राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?