बुधबार, भदौ २५, २०८२

११२औं श्रमिक नारी दिवसको कार्यक्रम पोखरा सम्पन्न

कास्की पोखरा
आज मिति २०७८/११/२४ गते कास्कीमा क्रियाशिल बामपंथी महिलाहरुको सयुक्त संघर्श समितिले ११२ औं श्रमिक नारी दिबस भब्य रूपमा मनाएको छ ।
उक्त कार्यक्रम पोखराको मुस्ताङ चोकबाट जुलुस सुरु भै रास्ट्र बैंक चोक हुँदै बिरौटा चोकमा गै सभामा परिणत भएको थियो ।जुलुसमा सहभागी महिलाहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस जिन्दावाद , समान कामको समान ज्याला उपलब्ध गर ,mcc खारेज गर ,अमेरिकी साम्राज्यवाद मुर्दावाद,अमेरिकी हस्तक्षेप बन्द गर ।अमेरिकी दलालहरु खबरदार सन्सारका श्रमिक महिलाहरु एक हौं । जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश साम्सद पियारी थापाले सम्बोधन गर्नु भएको थियो ।त्यस्तै अनेमा संघ केन्द्रीय सचिवालय सदस्य सोम माया बिक,अनेमा संघ क्रान्तिकारीकिमहिला नेतृ इन्द्र पौडेल ,अनेमा संघ (,क्रान्तिकारी ) जिल्ला अध्यक्ष उर्मिला श्रीस मगर ,बैज्ञानिक समाजबादी महिला संघगठनकिन नेतृ शान्ति लुङेगेलीले सम्बोधन गरेका थिए भने ,
कार्यक्रमको संचालन अखिल क्रान्तिकारीकि गण्डकी प्रदेश प्रमुख कमला परियारले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?