बुधबार, भदौ २५, २०८२

प्युठानको ठूलावेशीमा ११२ औं महिला दिवस भब्य रूपमा सम्पन्न

झिमरुकपोस्ट संवाददाता

प्यूठान फाल्गुन २४ गते ।
गाैमुखी गाउँ पालिका स्तरिय महिला संजालकाे आयाेजनामा ११२ ओं अन्तर्राष्ट्रिय महिला दिवस गाैमुखी मावि ठूलावेशीकाे प्राङ्गणमा पालिका संजालकी अध्यक्ष कमला पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न भएको छ।
११२ ओं महिला दिवसको लुम्बिनी प्रदेश सांसद तथा कार्यक्रम कि प्रमुख अतिथि मा.तारा जिसीले व्यानर पढेर उद्घाटन गर्नुभयो । महिला दिवसकाे चर्चा गर्दै सांसद जिसीले अन्तर्राष्ट्रिय महिला दिवसकाे इतिहास,संघर्षका घटनाहरू,महिला हक अधिकारकाे लागि गरिएका आन्दाेलनकाे चर्चा गर्नुभयो । नेपालकाे संविधानमा महिलाका धेरै हक अधिकार उल्लेख गरिएकाे भए पनि देशमा भएको अस्थिरता र सत्ताधारीहरूकाे किचलो र सत्तालिप्साले संविधान कार्यन्वयन समेत ओझेलमा परेको बताउनुभयो । संघीयता र एमसिसी लगायतका विषयले देश झन् झन् कठिन माेडमा पुगेको अवस्थामा संविधान,गणतन्त्र र देशको अस्तित्व समेत धरापमा पर्दै गैरहेकाे सर्बत्र महसुस भएको बताउनुभयो ।

कार्यक्रम कि बिशिस्ट अतिथि गाैमुखी गाउँ पालिका कि उपाध्यक्ष तुलसा सुनार नेकपा(मसाल)का प्यूठान जिल्ला प्रबक्ता का०ज्ञामुराम न्याैपाने वार्ड ४ का जनप्रतिनिधि हरि बहादुर केसी,नेकपा(एमाले)गाैमुखी पालिका अध्यक्ष जुमान सिह जिसी गाैमुखी उध्धाेग बाणिज्य संघका अध्यक्ष जनक केसी,स्वास्थ कर्मि बसन्ता कवर लगायतले सम्वाेधन गर्नुभएको थियो ।
कार्यक्रममा गाैमुखी गाउँ पालिकामा जन्म तथा कर्मकाे आधारमा महिला अधिकार,हक हित र उत्थानकाे निम्ती निरन्तर महत्त्वपूर्ण याेगदान दिनुहुने लुम्बिनी प्रदेश सांसद माननीय तारा जिसी,गापा उपाध्यक्ष तुलसा सुनार,पूजा स्वास्थ्य चाैकी कि सिनियर अनामी बसन्ता याेगी,गाैमुखी गापा बहुउद्देश्यीय पाेषण तथा मनाेपरामर्श दाता उमा अर्याल,गाैमुखी मावि कि शिक्षिका तथा नारि दिवसकाे लागि प्रारम्भ देखि पहल गर्ने यशाेदा केसी र गाैमुखी४ पूजा निवासी शाहासी,इमानदार मजदुर महिला श्यामकला सुनार लाई कदर पत्र प्रदान गर्दै सम्मान गरिएको थियोे ।
कार्यक्रममा लाेक नृत्य प्रतियोगिता,श्रीमती बाेकेर दाेड्ने प्रतियोगिता,महिला रस्साकस्सी प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि र संजाल अध्यक्ष कमला पाेख्रेलले पुरस्कार वितरण गर्नुभयो ।कार्यक्रमकाे संचालन मिना केसी र स्वागत यशाेदा केसीले गर्नुभएको थियोे ।
अन्तमा अध्यक्षबाट कार्यक्रम सम्पन्न भएको घाेषणा भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?