बुधबार, भदौ २५, २०८२

रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कोषाध्यक्ष विष्णु शर्माको निधन

काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको निधन भएको छ । शर्माको मंगलबार काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभएको छ ।

केही महिनादेखि जण्डिस रोगबाट पीडित शर्माको जण्डिस बिग्रिएर समस्या उत्पन्न भएपछि उपचारका लागि पहिले टिचिङ हस्पिटल लगिएको थियो । त्यहाँ उपचार नभएपछि सीएमसीमा लगिएको थियो । उहाँको उपचारकै क्रममा आज साँझ निधन भएको हो ।

शर्मा रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय कोषाध्यक्षसँगै बागमती प्रदेश अध्यक्ष र काठमाडौं महानगर समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । नृत्य तथा अभिनय कला अब्बल शर्माले नयाँ पींढीका कलाकारलाई प्रशिक्षणसमेत दिने गर्नुहुन्थ्यो ।

रक्तिमको आयोजनासँगै पार्टीले आयोजना गरेका हरेक संघर्षका कार्यक्रममा विष्णु शर्मा अग्रमोर्चामा सामेल हुने गर्नुहुन्थ्यो । पछिल्लो समय एमसीसीविरुद्ध नेकपा (मसाल) सहित आठ राजनीतिक दलले आयोजना गरेको आन्दोलनका कार्यक्रममा उहाँको सक्रिय सहभागिता रहेको थियो ।

शर्माको करिब दुई वर्षअघि रक्तिमका कलाकार समीक्षा श्रेष्ठसँग विवाह भएको थियो । उहाँको भोलि (बुधबार) काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने रक्तिम परिवारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?