बुधबार, भदौ २५, २०८२

पाटिको झण्डा ओडाएर सम्मानका साथ जनबादी कलाकार बिस्नु सर्माको अन्त्यस्टी

काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शर्माको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो ।

त्यसक्रममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रवक्ता पुरीले शर्माको निधनले जनवादी आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले विष्णु शर्मा (कमरेड प्रभात) पार्टीले आह्वान गरेका हरेक आन्दोलनमा सक्रिय र विचारप्रति प्रतिवद्ध कार्यकर्ताको रुपमा सधैँ स्मरणीय रहने बताउनुभयो ।

साथै, उहाँले विष्णुले पार्टीका हरेक आदेश मान्ने गरेपनि आफ्नै स्वास्थ्यको ख्याल गर्न गरिएको आग्रहप्रति भने वेवास्ता गरेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले विष्णुलाई बचाउन गरिएको प्रयासबारे जानकारी दिनुभएको थियो । उहाँले अस्वस्थ अवस्थामा समेत आराम नगरेर सांस्कृतिक काममा निरन्तर खटिरहने विष्णुको अभाव पार्टी र आन्दोलनलाई सधैँ खट्किरहने बताउनुभयो ।

यस्तै, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले जनसांस्कृतिक आन्दोलनले एउटा भरपर्दो सहकर्मी गुमाएको बताउनुभयो ।

अधिवक्ता लक्ष्मणदेव पाण्डेले सञ्चालन गर्नुभएको श्रद्धाञ्जली कार्यक्रममा रक्तिमका पूर्व अध्यक्ष जीवन शर्माले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अन्त्येष्टिमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, राष्ट्रिय सभा सदस्य राजेश विकलगायत विभिन्न जनवर्गीय संगठनका नेता, कार्यकर्ता, आफन्त र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

अन्त्येष्टिका क्रममा एक मिनेट मौन धारण गर्नुका साथै मृतकको पार्थिव शरीरमा फूल माला अर्पण गरी अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

शर्माको हिजो (मंगलबार) साँझ ६ बजे  काठमाडौं  मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो ।युगदर्शन बाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?