बुधबार, भदौ २५, २०८२

जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न:अध्यक्षमा सापकोटा

Ρमेघराज रिस्मेली, जापान ।
जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सालिकराम सापकोटाको अध्यक्षतामा ३८ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड केसी चयन हुनुभएको छ भने महासचिवमा तेजेन्द्र क्षेत्री, सचिव प्रदिप विक र कोषाध्यक्षमा छन्द सापकोटा चयन हुनुभएको छ ।

सदस्यहरूमा केशव सापकोटा, तेजु केसी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, विष्णु पोखरेल, निश्चल क्षेत्री, कमल कार्की, गोपाल खत्री, उमेश निउरे, हेमलाल गौतम, नविन बस्याल, गोपाल कृष्ण सापकोटा, भुवन सापकोटा, नारायण कँडेल, गोम बुढाथोकी, मेघराज सापकोटा र कमल सापकोटा रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।

यस्तै, वैकल्पिक सदस्यहरूमा सुरेन्द्र कँडेल, जीवन गैरे र ठाकुर चालिसे सम्मेलनले यमलाल सापकोटा, नन्दु शर्मा, भीम केसी, विष्णु केसी, यामलाल सापकोटा, धन बहादुर विक दिलु खत्री  र लीला परियारलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल र विशिष्ट अतिथिका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गर्नुभएको थियो भने एनआरएन जापानका अध्यक्ष शिव शर्माको आतिथ्यता रहेको थियो । यामलाल सापकोटाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय सम्मेलनको सञ्चालन लक्ष्मण कार्कीले गर्नुभएको थियो ।

दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको घोषणा हेमलाल गौतमले गर्नुभएको थियो । महासचिव तेजेन्द्र क्षेत्रीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मेलनलाई शुभकामना दिनुहुनेहरुमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, प्रवासी नेपाली मंच, जनसंपर्क समिती, एनआरएनएका प्रतिनिधि लगायत हुनुहुन्थ्यो ।

टोकियो क्षेत्रीय समिति चयन
यस्तै, सम्मेलनकै क्रममा टोकियो क्षेत्रीय समिति समेत चयन भएको छ । क्षेत्रीय समितिको अध्यक्षमा नारायण कँडेल, उपाध्यक्ष रामप्रसाद गौतम, सचिव विष्णुप्रसाद पोख्रेल, सहसचिव यामप्रसाद पौडेल र कोषाध्यक्षमा गोमबहादुर बुढाथोकी चयन हुनुभएको छ ।

सदस्यहरुमा शुरेन्द्र कँडेल, रुद्रलाल न्युउरे, तेज केसी,ब रमेश केसी, दयाराम सुबेदी, रुद्र खत्री, रामजी कँडेल र मुकुन्द शर्मा रहनुभएको छ ।

सल्लाकारहरूमा डन्ड केसी, शालिकराम सापकोटा, वांसु नेपाली, हरि सापकोटा र उमेश न्युउरे चयन हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?