
खिमराज चालिसे,
चंडिगढमा
८ मार्च
“राष्ट्रीयता तथा गणतन्त्र को रक्षार्थ प्रवासी नेपाली हरु पनि लडदै छौ” उक्त कुरा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति र महिला विभाग को आयोजना मा सम्पन्न आठौ अखिल भारत सम्मेलन सन्देश सभा तथा ११२ औ श्रमिक महिला दिवस को कार्यक्रम लाइ प्रमुख अतिथि को आशनवाट सम्वोधन गर्दै मूलप्रवाह का केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको हो। खनालले अगाडि भन्नु भयो ‘राष्ट्रीयता तथा गणतन्त्र को रक्षार्थ लडाइ लडदै संघियता तथा एमसीसी विरुद्ध संघर्षको आवश्यकता परेको वर्तमान अवश्था बारे चर्चा गर्दै नेपालमा राजनितिक पार्टिहरुको वाढ भएर पनि नेपालमा राजमो तथा नेकपा (मसाल) वाहेक राजनैतिक विष्लेषक र सच्चा क्रान्तिकारी पार्टीको खडेरी परेको समेत औलाउनु भएको हो।
महिला दिवस को सन्दर्भमा बोल्दै वहाले महिला दिवश फेसनको रुपमा होइन समाजको आमुल परिवर्तन गर्ने मार्गको रुपमा मनाउन पर्ने धारण राख्दै क्लाराजेटकिन र रोजालक्षेमवर्ग जस्ता महिला नेतृको योगदान बाट महिला आन्दोलन लाइ उर्जा मिलीरहेको धारणा राख्दै महिला आत्मनिर्भर को आवश्यकता मा जोड दिनु भएको थियो।
समारोहमा वोल्ने अन्य वक्ताहरुमा मूलप्रवाह का केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एंव नेपाली समाचार का संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, परिषद सदस्य थमन थापा, मूलप्रवाह क्षेत्रीय सल्लाहकार एवं महिला विभाग क्षेत्रीय समिती की जुना चालिसे, समता केन्द्रीय विभाग का बिनु नेपाली, विध्यार्थी केन्द्रीय सदस्य बिष्णु बेल्वासे, रक्तिम बिभागका दुर्गा विक, खेल विभाग का पुरन थापा लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा तथा जमुना खनाल को संचालनमा सम्पन्न भएको थियो भने मायाँ आचार्य र कलाकार हरु ले स्वागत गर्नुभएको हो। कार्यक्रम मा रक्तिम कलाकार हरुको सांगीतिक प्रस्तुति पनि दिएका थिए।
लुधियाना:-
लुधियाना मुल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चीमोत्तर क्षेत्रीय समिती द्धारा संचालित सिटी नगर समिती र फोकल प्वाईट नगर समेती सम्युक्त आयोजना मा ११२ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस को कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस को महत्वबारे चर्चा गदै बोल्ने वक्ताहरुमा केन्द्रीय सदस्य राज कुमार साही, परिषद सदस्य उदय सिंह चन्द्र, केन्द्रीय परिषद सदस्य अर्जुन कार्की, महिला क्षेत्रीय सदस्य दुर्गा रिजाल, रक्तिम बाट सम्झना सोनी, जमालपुर एरिया बाट यमकला सोनी, प्रभा गिरी लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम बिमला अधिकारीको अध्यक्षतामा तथा दिपा चन्द्र को संचालनमा सम्पन्न भएको हो।
रोपड़
मूलप्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रीय समिती द्धारा संचालित रोपड नगर समिति र महिला विभाग रोपड को सम्युक्त आयोजनामा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौं अखिल भारत सम्मेलन सन्देश सभा तथा ११२ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस को कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
सन्देश सभा तथा अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस को महत्वबारे चर्चा गर्दै वोल्ने वक्ताहरुमा मूलप्रवाह केन्द्रीय सचिव प्रेम सापकोटा, परिषद सदस्य मदन बहादुर थापा, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, क्षेत्रीय सदस्य खगी थापा , नगर अध्यक्ष ओमप्रकास सापकोटा, नगर विभागकी पुर्णकला सारु एरियाबाट टिकादेवी सापकोटा, राधिका सापकोटा, लाल बहादुर थापा, भक्त बहादुर थापा लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम दुर्गा देवी लामिछानेको अध्यक्षतामा तथा हरिकला कडेलको संचालनमा सम्पन्न भएको हो भने राधा ज्ञावली ले स्वागत गर्नुभएको हो।