
खिमराज चालिसे,
चंडिगढ
महिला दिवस वर्गिय आन्दोलनको रुप भएको र वर्गिय लड़ाई द्धारा यो संरचना ध्वस्त पार्दै आमुल परिवर्तन को वाटोमा हिडन सिकाउने अभियान को रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस लाइ सम्झना पर्ने धारणा मूलप्रवाह का केन्द्रीय उपाध्यक्ष कपिल खनालले हिसारमा सम्पन्न आठौं अखिल भारत सम्मेलन सन्देश सभा तथा ११२ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवश कार्यक्रम लाइ प्रमुख अतिथि को आशनवाट सम्वोधन गर्दै भन्नु भएको हो।
उक्त सभामा महिला दिवश तथा राष्ट्रिय सम्मेलन को विषयमा गहकिला बिचार राख्दै बोल्ने अन्य वक्ताहरुमा मूलप्रवाहका केन्द्रका तारा सोमरे, परिषद सदस्य केहरसिंह घर्तीमगर, महिला क्षेत्रिय विभागकी सेती राना, नगर सदस्य हुमाकान्त अधिकारी, समता विभागका श्याम बहादुर बिक, महिला बिभाग दुर्गा ज्ञावलि, सिटि ए बाट ओम प्रकाश तिवारी, बि एरियाबाट मन बहादुर घर्ती मगर लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम निरु सारुको अध्यक्षतामा तथा बाबुराम पोख्रेल को संचालनमा सम्पन्न भएको हो भने नारायण विक तथा कलाकार हरुले स्वागत गर्नु भएको थियो।
संगरुर
———-
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चीमोत्तर क्षेत्रको संगरुर नगरसमिती तथा महिला नगर विभागको सम्युक्त आयोजना मा मूलप्रवाह को आठौं राष्ट्रिय सम्मेलन सन्देश सभा तथा ११२ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त सभाको महत्व बारे प्रकास पार्दै बोल्ने वक्ताहरुमा नगर सचिव राजु खनाल, महिला विभागका पवित्रा बस्याल, गंगा आर्चाय, शिला खनाल, सिता थापा, लक्ष्मी विष्ट लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम लक्ष्मी खनालको अध्यक्षतामा तथा मन्जु शर्माको संचालनमा सम्पन्न भएको थियो भने सरिता भुसालले स्वागत गर्नुभएको थियो।
श्रीगंगानगर-
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन सन्देश सभा तथा ११२ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस को कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।
कार्यक्रममा ऐतिहासिक आठौ राष्ट्रिय सम्मेलन र महिला दिवश को महत्वबारे गहकिला बिचार राख्दै बोल्ने वक्ताहरुमा अन्तर्राष्ट्रिय नेपाली एकता समाज का अध्यक्ष दुर्गा बहादुर केसी, मूलप्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, नगर समिती का रेशम भन्डारी, खेल विभाग हरि न्यौपाने, महिला विभागकी कमला खडका रक्तिम बिभागका हुम बहादुर विक लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम सुनिता भट्टराई को संचालनमा तथा बसन्ता नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत हुम बहादुर विक ले गर्नु भएको थियो।
जालन्धर
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समिती तथा महिला विभाग को आयोजना मा सम्पन्न आठौं राष्ट्रिय सम्मेलन सन्देश सभा तथा ११२ औ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस को कार्यक्रममा ऐतिहासिक आठौ राष्ट्रिय सम्मेलन र महिला दिवश को आजको सन्दर्भमा महत्वबारे गहकिला बिचार राख्दै बोल्ने वक्ताहरुमा मूलप्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, धन बहादुर गोरखाली, जीतमान थापा, लक्ष्मण खड़का, सुषमा खड़का, मधुकर भंडारी, लक्ष्मण के.सी. माधव खनाल, प्रेमशंकर खनाल, रोशनी के. सी. संतोषी थापा, कला शर्मा , सरिता नेपाली , इन्दिरा कुंवर, शान्ता चौधरी ,रमा बिष्ट, अन्जु थापा, लक्ष्मी थापा, माया परियार, कविता थापा लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम जमुना गाहा को संचालनमा तथा मिना बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो।