
टेकराज भुसाल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले एमाले, काङ्ग्रेस र माओवादीका लागि चुनाव नै सबथोक भएको बताउनुभएको छ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष केसीले राष्ट्रघाती एम.सी.सी. खतरा भएको बताउदै एम.सी.सी. विरुद्ध सङ्घर्ष र जनतालाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।
एम.सी.सी. पारित गर्दा व्याख्यात्मक भनी नाटकीय शैलीमा पास गरेको भन्दै जनताको आन्दोलनले त्यो राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रियता र जनजीविकाको मुद्दामाथि पटक पटक कुठाराघात भइरहेको बताउँदै यस्ता शक्तिलाई पराजित नगरिकन राष्ट्रियतालाई बचाउन नसकिने भन्दै अध्यक्ष केसीले यस्तो परिस्थितिमा राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्ताको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले सबै नेता–कार्यकर्तालाई सक्रिय र जुझारु भएर लाग्न आग्रहसमेत गर्नुभएको छ ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापालगायतका नेताहरूले बोल्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमको अध्यक्षता सचिव टानबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।