बुधबार, भदौ २५, २०८२

मल्लरानिमा एम सि सि विरुद्ध मार्चपास:७० जना एमाले छोडेर राष्ट्रिय जनमोर्चामा प्रवेश

जुमान सिंह के सी २८ फाल्गुन , प्युठान।

र्राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँसमिती र अखिल नेपाल युवक संघले मल्लरानी गाउँपालिकाको सरङकोट जोरपोखरिमा एम सि सि विरुद्ध मार्च पास सहित बिरोध सभा गरेको छ।
अखिल नेपाल युवक संघको देशव्यापी रुपमा एम सि सि विरुद्ध मार्चपास कार्यक्रम अनुसार मार्च पास गरिएको थियो।
शनिबार भएको कार्यक्रममा वाड न ५ बाट नेकपा एमाले पार्टी परित्याग गरि ७० जना र्राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको राजमोले जनाएको छ।

विरोधसभा तथा मार्चपास कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका केन्द्रिय सदस्य कृष्ण खड्काले एम सि सि को विरुद्धमा आम जनता सडकमा आउनु पर्ने बताउनु भयो उहाँले देश रहे मात्रै यहाका पार्टी रहने भन्दै पहिलोकुरा देश, रास्ट्र रहनु पर्नेमा ठुला हात्ती पार्टीहरु बिदेशीहरुको दलाल बन्न पुगेको आरोप लगाउनु भयो।
नेकपा मसाल सधै सुखदुःखमा जनताको साथमा रहेको भन्दै सबैलाई राजमोमा गोलबन्द भएर रास्ट्र जोगाउने अभियानमा सहभागी हुन अपिल गर्नु भएको थियो।

बिरोधसभामा राजमोका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले अमेरिकी सैनिक नेपालमा राख्ने र नेपाललाई अस्तब्यस्त गराउने खेल अनुरुप एमसिसी आएको भन्दै पटकपटक नेपाली दलालहरु बिदेशीलाई खुसी पर्ने र आफुहरु सत्ता टिकाउने खेलमा लाग्ने गरेको वताउनु भयो।
आमेरिकी साम्राज्यवाद जहाँ पुगेको छ तिहा असान्ती, द्वन्द्व, हिंसा भएको भन्दै साम्राज्यवादका विरुद्ध जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने बताउनु भयो।

साथै खत्रीले गाउँपालिका अध्यक्ष लगाएत माथी भएको अराजक घटनाको बिरोध गर्दै दोषीहरु कानुनको दाएरामा अझै आउन नसकेको भन्दै कडा आलोचना गर्नु भएको थियो।
उहाँले चुनावको बेला अन्य कतिपय दलका नेताहरु मसाल विरुद्ध गलत अफवाह फैलाउदै हिड्ने गरेको भन्दै भरममा नपर्न आम जनातालाई अनुरोध समेत भएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचर्य, राजमो जिल्ला सदस्य गुणेन्द्र बस्नेत लगाएतले मन्तव्य राख्नु भएको थियो

सभाको अध्यक्षता सुर्य बहादुर नेपालीले गर्नु भएको कार्यक्रमको संचालन कमल पौडेलले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?