बुधबार, भदौ २५, २०८२

अर्घाखाँचीमा पांच दलिय गठबन्धन मिलेर स्थानीय तहको चुनाव लड्ने

फागुण ३० अर्घाखाँची । केन्द्रमा गठबन्धनको कुनै सहमति नहुँदै अर्घाखाँचीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन भएको छ ।

आज संयुक्त गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर चुनावी एकताबारे जानकारी गराएको हो ।

बैठकमा कांग्रेसबाट केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट छमकुमारी चिनारी, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका सेरबहादुर बिसी, थम्मन केसी, समाजवादी पार्टीका जिन्दग खड्का लगायत सहभागी थिए ।

बैठकले चुनावी अभियानलाई चैत्र ११ गतेदेखि घरदैलो अभियानका रुपमासँयुक्त रुपमा लैजाने निर्णय समेत गरेको छ ।
उनीहरुले आन्तरीक रुपमा उम्मेद्धारी दर्ता अघि पालीका र वडाहरु एवं जिल्ला समन्वय समितिमा भागबण्डा गर्ने रणनीति बनाएको पनि बताईएको छ ।स्रोत अर्घाखाँची डटकम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?