शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय स्तरीय हाप्किडो प्रतियोगीता प्यूठानमा हुदै

 

अनुज पछाई , प्यूठान । राष्ट्रिय स्तरीय हाप्किडो च्याम्पेनसिप प्रतियोगीता प्यूठानमा हुने भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ नेपालको आयोजना तथा नेपाल आर्टस हाप्किडो संघ प्यूठानको सहजिकरणमा आउदो चैत्र ५ देखि ७ गतेसम्म प्रतियोगीता सञ्चालन हुने नेपाल हाप्किडो संघ लुम्बिनी प्रदेशका सचिब तथा प्यूठान जिल्ला अध्यक्ष टेकराज केसीले जानकारी दिएका छन । सोमबार प्यूठानको जुम्रिमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगीताको बारेमा अध्यक्ष केसीले जानकारी दिएका हुन । प्रतियोगीता प्यूठान जिल्लाको माण्डबी गाउपालिकाको खेलकुद मैदानमा हुने संघका अध्यक्ष केसीले जानकारी दिएका छन ।

प्यूठान जिल्लामा सामान्य संघ सस्थाले मात्र जिल्ला स्तरीय खेलकुदको आयोजना गरिरहेको बेला नेपाल मार्सल हाप्किडो संघ प्यूठानले राष्ट्रिय स्तरको खेलकुद आयोजना गरेको यो जिल्लामै पहिलो पटक हो । पत्रकार सम्मेलनमा लुम्निी प्रदेशका सचिब तथा जिल्ला अध्यक्ष केसीले जिल्लालाई खेलकुदमार्फत राष्ट्रमा चिनाउने उद्देश्यले उक्त प्रतियोगीता सञ्चालन गर्न लागेको बताएका छन । उनले भनेका छन –“सहर केन्द्रित हुने राष्ट्रिय स्तरका प्रतियोगीतालाई ग्रामिण स्तरमा सञ्चालन गरि देशमा नै प्यूठान जिल्लाको परिचय दिनको लागी प्रतियोगीता आयोजना गरेका छौ । ”

चैत्र ५ गते देखि ७ गतेसम्म ३ दिन सञ्चालन हुने उक्त प्रतियोगीतामा देशभरका करिब १५ हजार बढी खेलाडीको सहभागी हुने आयोजक सस्थाले बताएको छ । प्रतियोगीतामा महिला पुरुष छुट्टा टुटटै तौल समूहबिच प्रतिसप्रर्धा हुने आयोजक सस्थाले प्रेस सम्मेलन मार्फत जानकारी दिएको छ ।
त्यस्तै प्रतियोगीतामा प्रत्यक तौल समूहबाट प्रथम द्धितीय र तृतीय हुने सबैलाई पुरस्कारको ब्यबस्था गरिएको छ । प्रतियोगीमा सहभागी २० जनालाई स्वर्ण पदक , २० जनालाई रजत पदक र २० प्रतियोगीलाई कास्य पदक प्रदान गरिने छ ।

नेपाल मार्सल आर्टस हाप्किडो संघ नेपालले पहिलो प्रतियोगीता पोखरा ,दोस्रो काठमाण्डौ ,तेस्रो नेपालगंज ,चौथो पुन काठमाण्डौ र पाचौ प्रतियोगिता प्यूठानमा सञ्चालन गर्न थालिएको अध्यक्ष केसीले बताएका छन ।
प्यूठान जिल्लामा पछिल्लो समय लोकप्रिय खेलको रुपमा रहेको हाप्किडो प्यूठानका धेरै ठाउमा बिस्तार भएको छ । प्यूठानमा १८ डोजाङमा १५ सय बढी बिद्यार्थीहरु हाप्किडो खेलमा आबद्ध रहेका छन ।
प्रतियोगीता सञ्चालन गर्नको लागी प्यूठानको माण्डबी गाउपालिकाले ५ लाख नगद सहयोग गरेको अध्यक्ष केसीले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?