
जुमान सिंह के सी
चैत्र २ प्युठान ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगर, प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापा लगाएत कर्मचारी समेतलाई नेकपा बिप्लव समुहका केही ब्यक्तिले गत फाल्गुन ९ गते गरिएको अमानवीय दुर्व्यवहार प्रती गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मल्लरानी गाउँपालिका वडा न.५ सरङकोटमा रहेको भुमी विकास आधारभुत विद्यालयमा सिकाई सहजीकरणका लागि भएको भेलामा उनिहरुले एकाएक दुर्व्यवहार गरेका गोपिलाल सुनार लगाएतका ब्यक्तिलाई हाल सम्म पनि कानुनी दाएरामा ल्याउन नसकेको प्रहरी प्रशासनको कामामा समेत शंका उत्पन्न हुनु मात्र नभई कानुनी राज्य नभएको अनुभुती भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
गाउँकार्यपालिकाको फल्गुण २९ गते बसेको बैठकले यश किसिमका अराजक र उदन्ड गतिबिधीले समाज अगाडि बढ्न नसक्ने र दोषीलाई कारबाही नहुदा आगामी दिनमा घटना घट्न सक्ने भएकोले तत्काल दोषी ब्यक्तिलाई खोजीगरि कानुन अनुसार काराबाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत आज गृहमन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाईएको छ।
गाउँपालिकाका अध्यक्ष अमरधोज रानामगरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जनताको सबैभन्दा नजिक रहेर काम गर्ने स्थानीय सरकार प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगाएत रास्ट्रसेवक कर्मचारी माथी गरिएको अमानवीय व्यबहारले नैरास्यता ल्याउने समेत उल्लेख गरिएको छ।