बुधबार, भदौ २५, २०८२

राष्ट्रिय जनमाेर्चा काठेखाेलाकाे भेला सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिकाकाे प्रशिक्षण भेला २०७८ चैत्र ३ गते तंग्राममा स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । प्रशिक्षण भेलाकाे उदघाटन राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापाले मैन बत्ती प्रज्वलित गरेर गर्नु भएकाे थियाे । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज अाश्रम, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सदस्य भिम बिक, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे । भेलाले स्थानीय निर्वाचनका लागि लक्ष्मण पुनकाे संयाेजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति काठेखाेला, टिकासंगम बिककाे संयाेजकत्वमा १७ सचिवालय रहेकाे ५०१सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, अाेम पुनकाे संयाेजकत्वमा ५ सदस्यीय अार्थिक समिति र पुर्ण बहादुर थापाकाे संयाेजकत्वमा १३ सचिवालय रहेकाे १०१ सदस्यीय स्वंयसेवक परिचालन समिति चयन गर्नुका साथै चैत १८ गते सम्म वडा तथा टाेल स्तरीय भेला सम्पन्न गर्ने निर्णय गरेकाे छ ।
कार्यक्रम राष्ट्रिय जनमाेर्चा काठेखाेलाका अध्यक्ष लक्ष्मण पुनकाे अध्यक्षता, सचिव टिकासंगम बिककाे सञ्चालन र उपाध्यक्ष पुर्ण बहादुर थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?