
तिलक थापा बागलुङ
राष्ट्रिय जनमाेर्चा बागलुङ नगरपालिकाकाे भेला २०७८ चैत्र ५ गते स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापाले गर्नु भएकाे थियाे । भेलामा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्काेटा,राष्ट्रिय जनमाेर्चा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाँउले श्रेष्ठले मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सञ्जाल शर्मा, रा ज माे जिल्ला सदस्य लाेकनाथ शर्मा, प्रेम गाैतम, जातिय समता समाजका जिल्ला सदस्य गाेबिन्द्रलाल बिक, अखिल नेपाल उद्योग ब्यापार संघ बागलुङका सदस्य टेक बहादुर क्षेत्री, राजमाे बानपा १२ का अध्यक्ष घनश्याम बिक, १३ का अध्यक्ष प्रेम राेका, १४ का पुर्व अध्यक्ष लक्ष्मीकान्त श्रेष्ठ लगायतकाे अातित्थ्यता रहेकाे थियाे ।
भेलाले बागलुङ नगरपालिकाकाे स्थानीय निर्वाचनका लागि थानेश्वर सुबेदीकाे संयाेजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, टेक बहादुर क्षेत्रीकाे संयाेजकत्वमा १७ सचिवालय रहेकाे १५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, ढुण्डीराज शर्माकाे संयाेजकत्वमा ५ सदस्यीय अार्थिक समिति र टेक बहादुर अार सीकाे संयाेजकत्वमा ११ सचिवालय रहेकाे १०१ सदस्यीय स्वंयसेवक परिचालन समिति चयन गरेकाे छ । भेलाले चैत्र १९ गते भित्र बा न पा काे सबै वडाहरुमा वडा भेला सम्पन्न गर्ने निर्णय समेत गरेकाे छ ।
कार्यक्रम नगर अध्यक्ष थानेश्वर सुवेदीकाे अध्यक्षता, टेक बहादुर अार सीकाे सञ्चालन र नगर उपाध्यक्ष याेगेन्द्रराज पाैडेलकाे स्वागत मन्तब्यमा सम्पन्न भएकाे थियाे ।