बुधबार, भदौ २५, २०८२

प्रतिगमन संसदकाे गर्भबाट पनि जन्म लिने गर्छ:-महामन्त्री सिंह

प्यूठान चैत्र ५गते ।
झिमरूक गाउँ पालिका स्तरीय व्यापक अगुवा कार्यकर्ता प्रशिक्षाणात्मक भेलामा बाेल्दै नेकपा(मसाल)का महामन्त्री क०माेहन बिक्रम सिंहले प्रतिगमन सधैं झै राजवादी काेणबाट मात्रै आउछ भन्ने साेच्नु हुदैन भन्नु भएको छ।संसदकाे गर्भबाट पनि प्रतिगमन आउने गरेको छ ।हिटलर त्यसको गतिलाे उदाहरण हाे,जस्का कारण विश्वका ५कराेड जनताले ज्यान गुमाउनु परेकाे थियोे । यस्लाई समाप्त गर्न ठूलाे मूल्य चुकाएपछि मात्र सम्भव भएको इतिहास सबैका अगाडि रहेको बताउनुभयो ।
झिमरूकमा एमालेको त्यति संगठन छैन तर देश भरि यस्काे संगठन मजबूत छ ।हिजो राजावादीहरूको पनि ठूलाे संगठन थियोे अहिले हराएर गयाे। राजनीति,सिद्धान्त,अनुशासन नभए पछि पार्टीहरूकाे अवस्था के हुन्छ?राजावादीहरूबाट शिक्षा लिनु पर्दछ। अहिले राजावादीहरूले नै हाम्रो काम ओलीले गर्दिन्छन् भन्दै हिड्ने गरेकाछन् याे सत्यताकाे नजिक छ।राजतन्त्रकाे हिजोको कु-शासन नेपाली जनताले नबेहाेरेका हाेइनाै त्यसकाे तिताे अनुभव आफुहरू शीत भएको र प्रत्यक्ष अनुभव गरेकाे बताउनुभयो ।

ओलीले स्थानीय र संसदमा दुइतिहाई का कुरा गरि रहेका छन् त्यसकाे लागि भष्टाचार गरेकाे अरबाैं रूपीया खर्च गर्दैछन् किनकि संविधान संसाेधन गर्न दुई तिहाई चाहिन्छ । ओलीकाे गम्भीर प्रकारकाे प्रतिगामी र फासिष्ट शासनकाे उदयलाइ परास्त गर्न एमाले लाई परास्त गर्नुकाे विकल्प नभएको बताउनुभयो । राष्ट्रघाती एमसिसी आम नेपाली जनताकाे देश भरि व्यापक विराेध हुदा हुदै षड्यन्त्र मूलक प्रकारले संसदबाट पास गरेपछि हामी गठबन्धन बाट हटेपनि तालमेलकाे ढाेका खुला राखेका छाैं।गठबन्धनले मात्रै ओलीलाई परास्त गर्नसक्छ ।तर गठबन्धनका सबैको साेचाई त्यस्तै छैन किनकि उनीहरूकाे लागि जे हाे चुनाव हाे,जितेपछि श्राेत साधनहरूमाथि एकछत्र रजाइँ गर्न पाइन्छ ।पछिल्लो चुनाव हारेकाहरू याे चुनावमा गठबन्धनका लागि ठूला बाधक बनेका छन्।उनीहरूलाई देश,गणतन्त्र,राष्ट्रियता शीत कुनै मतलब छैन,छ त मात्र चुनाव जितेर हालीमुहाली गर्ने मात्रै उनीहरूकाे केन्द्र बिन्दु छ।त्यस कारण तालमेल हाम्रा कारणले मात्र हुने हाेइन,सबैका चाहाना र जिम्मेवारी बाेधले हुने हाे।सहकार्य सम्मानजनक हुनु पर्दछ त्यस प्रकार नभए कसैलाई पनि स्वीकार हुदैन । अत:याे निर्वाचनमा गठबन्धनमा सहमति नहुन पनि सक्छ त्यै भएर हामी एकल चुनावकाे तैयारी गर्दै जानुपर्दछ।जसरी हामीले सहमति भएपछि दृढतापूर्वक इमानदारीका साथ लागू गर्दछौं,तर अन्य पक्षमा त्यस प्रकारकाे इमानदारीताकाे खडेरी छ जून केही पूर्व भएको बराैलाकाे उपनिर्वाचन लगात पहिले पनि पटकपटक हामीले व्यहाेरेका छाै। तर सहमति ताेड्नेहरूका लागि न आत्म ग्लानी छ न कुनै अनुशासनकाे कार्वाही गरेकाे पाइन्छ ।
चुनाव उपयोगकाे हाम्रो त्यति लामाे अनुभव नभए पनि देश र जनताकाे पक्षमा हामीले १-२ बर्ष हैन ६०-६५ बर्षबाट पार्टीको काम गरेका छाै हाम्रा साथीहरूले पनि कहि कतै कसैले भष्टाचार गरेको हाम्राे इतिहास छैन ।
हाम्राे पार्टीका जनप्रतिनिधिले कसैले भष्टाचार गरेको इतिहास पनि छैन ।
चुनावमा जाँदा हामीले अरूले जस्तै पैसा बाड्न गाउँमा जादैनाैं,राँगा खसी काटेर जनताका भाेट प्रभावित कहिल्यै पारेका छैनौं ।हामी राजनीति लिएर जाने गरेका छाै ।सबै जनता विकाउ हुदैनन् त्यही भएर नै हाे हामीले प्यूठान,बाग्लुङ,अर्घाखाँची,गुल्मी,नवलपरासी लगायत ठाउँहरूमा चुनाव जितेकाछाै।जनता विकाउ नै हुन्छन् भन्ने अरू पार्टीको लागि याे गतिलाे झापट हाे। केसी जी सरकारमा गए पनि पार्टीको नीति र सिद्धान्तलाई दराे शीत राख्नुभयाे र त्यही अनुसारको स्वच्छ र निश्कलंक छवि व्यवहार मै प्रष्ट गर्नुभयो। अरू पार्टीका मन्त्रीहरू बनेपछि भष्टाचारमा चुर्लुम्म डुब्ने गरेकाे पाइन्छ।त्यसैका लागि मन्त्री बन्न मारामारी गर्ने गर्दछन् तर हाम्रा प्रतिनिधिहरू संघ र प्रदेशहरूमा त्यसाे गरेको उदाहरण छैन।

राष्ट्रघाती एमसिसी बारे चुनावमा पनि व्यापक कुरा उठ्ने छन्।यसका पक्षधरहरूले पक्षमा वकालत गरि व्यापक भ्रमहरू सिर्जना गर्न सक्ने भएकाेले स्थानीय निर्वाचनमा एमसिसीकाे विषयलाई आम जनतामा चेतना दिदै जानुपर्ने आवश्यकताछ।
फुटपरस्त साथीहरूले राजमाेले जनसंघर्ष र चुनावमा केन्द्रीत भएको भनेर दक्षिणपन्थी दाेषाराेपण गर्ने गरेकाे
गणतन्त्रकाे सम्बन्धमा नकारात्मक रहने गरेकाे र अन्तत संयुक्त आन्दोलनमा राजावादी समेतकाे सहकार्यमा पुगेको बताउनुभयाे।कुरा क्रान्तिकारी गरेपनि व्यवहारमा प्रतिगमनकाे कित्तामा उभिएको प्रष्टाउनुभयाे। फुटपरस्तहरूमा अनुशासनकाे मुख्य समस्या रहेकाे भन्दै पार्टीले सशस्त्र संघर्ष सुरू गरेन, चुनाव मा भागलियाे भन्नेहरूकाे चितवन भेलाले त्यहि निर्णय गरेकाेले उनीहरूकाे कुरा र व्यवहारमा अन्तर भएको र अब दल दर्ताकाे प्रयत्न असफल भए पछि स्वतन्त्र चुनाव लड्ने र मसाल हराउने अभियानमा सरिक हुने त हाेला भनी प्रश्न गर्नुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?