बुधबार, मंसिर ११, २०८२

प्यूठान नगरपालिकामा ७ वडाका ७१ जेष्ठ नागरिक सम्मानित

 

अनुज पछाई , प्युठान । प्यूठान नगरपालिकाले नगरपालिका भित्रका जेष्ठ नागरिकलाई वडामै पुगेर सम्मान कार्यक्रम सञ्चालन गरेको छ । चालु आर्थिक बर्षमा नगरपालिका भित्रका १ सय जना जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना अन्तर्गत प्रत्यक वडामा पुगेर सम्मान गर्न लागिएको प्यूठान नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु धितालले बताएकी छिन ।
यस कार्यक्रम आइतबारदेखि सुरु भएको छ । आइतबार प्यूठान नगरपालिका वडा नं. ५ का ७ जना पुरुष र ३ जना महिला गरि १० जना र सोमबार प्यूठान नगरपालिका वडा नं. ६ का ८ जना महिला र २ जना पुरुष गरि १० जनालाई नै सम्मान गरिएको धितालले बताएकी छिन । त्यस्तै मङगलबार प्यूठान नगरपालिका वडा नं.९ का ४ जना पुरुष र ६ जना महिला गरि १० जना र वडा नं. १० मा ७ जना पुरुष र ४ जना महिला गरि ११ जना जेष्ठ नागरिक सहित २१ जनालाई सम्मान गरिएको थियो ।
त्यस्तै बुधबार एक कार्यक्रमको साथमा प्यूठान नगरपालिकाको कार्यालयमा वडा नं. १ २ र ३ का ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगरस्तरीय जेष्ठ नागरिक सञ्जाल प्यूठानका अध्यक्ष देवराज गौतमको अध्यषतामा सुरु भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपति र उपप्रमुख शान्ता आचार्यको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमा बोलदै नगरप्रमुख कक्षपतिले जेष्ठ नागरिकको हकमा प्यूठान नगरपालिकाले प्इूठानका अन्य कुनै पालिकाले गर्न नसककेको काम गरेको बताएका छन । नगरभित्रका ६० बर्षमाथीका जेष्ठ नागरिकलाई निःशुल्क आखाँ उपचारको ब्यबस्था सञ्चालन हुदै आएको नगरप्रमुख कक्षपतिले बताएका छन । आखाँ अस्पतालमा यस बर्ष पनि २० लाख रुपैयाँ रकम छुटाइएको उनले बताएका छन । त्यस्तै कारोना सङक्रमण भित्रनुपूर्ब प्यूठान नगरपालिका भित्रका जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य कर्मीद्धारा स्वास्थ्य उपचार चेकजाच गर्ने गरेको पनि उनले बताएका छन । कोरोना देखिएपछि रोकियको उक्त कार्य पुन सञ्चालन गर्न लागिएको पनि नगरप्रमुख कषपतिले बताएका छन ।
यस चालु आर्थिक बर्षमा लक्षित वर्ग अनतर्गत ५ लाख बजेटमा नगरभित्रका एक सय जेष्ठ नागरिक सम्मान कार्यक्रम शिर्षक अन्तर्गत सम्मान गरिएको हो ।
बुधबारको सम्मान कार्यक्रममा नगरप्रमुख कक्षपति उपप्रमुख शान्ता आचार्य,नगरस्तरीय जेष्ठ नागरिक सञ्जाल का संयोजक देबिराम गौतम , महिला तथा बालबालिका प्रमुख मञ्जु धिताल लगायतको उपस्थिती लरहेको थियो ।
जेष्ठ नागरिकलाई एक थान बल्याङकेट,एउटा लौरी , दोसल्ला र टर्च को साथै प्रमाणपत्रले सम्मान गरिएको छ । बिहिबार पनि प्यूठान नगरपालिकाका वडा नं ४ ७ र ८ का १०÷१० जना जेष्ठ नागरिक गरि ३० जनालाई सम्मान गर्ने कार्यक्रम रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख धितालले बताएकी छिन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?