बुधबार, मंसिर ११, २०८२

अपाङ्गता भएका ब्यक्तिले कानुन बमोजिम यातायातमा पाउने भए छुट , छुट नदिएमा कारबाही गरिने: प्रजिअ

चैत्र ११ ,प्युठान ।

अपाङ्गता भएका ब्यक्तिले कानुन बमोजिम यातायातमा छुट पाउने भएका छ्न। शुक्रबार जिल्ला प्रशासन कार्यालय प्युठानमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवाला संगको सयुक्त बैठकले उक्त निर्णय गरेको छ।

प्युठान जिल्लामा स्वर्गद्वरी यातायात प्रा.लि र नमस्ते यातायात प्रा. लि का पदाधिकारी, र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका पदाधिकारी तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्रमुख लागाएतको सहभागीता रहेको थियो।

अपाङ्गता भएका ब्यक्तिका लागि सहुलियत तथा छुटको ब्यबस्था भए पनि कार्यनयन हुन नसकेको अपाङ्गता भएका ब्यक्तिले गुनासो गरेका हुन,साथै यातायातमा आओत जाओत गर्दा बोली व्यबहारमा दुव्र्यवहार गर्ने, गाडी नरोक्ने जस्ता समस्या हुँदै आएकोमा अवका दिनमा नम्र तथा सहज व्यबहार गर्न गराउन सहजीकरण गरिने यातायात व्यावसायि संघका पदाधिकारी हरुले प्रतिबद्धता व्यक्त गरेका छ्न।

जिल्लाभर अपाङ्गता भएका ब्यक्तिले यातायातमा छुट नपाएको, यातायातम पहुँच पुग्न नसकेको चौतर्फी गुनासो आएकोले सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह के सीले बताउनु भएको छ ।
उहाँले अवका दिनमा अपाङ्गता भएका ब्यक्तिले परिचयपत्रका आधारमा सुबिधा लिन सकिने र यातायातमा ५०%छुट कार्यनयन हुनेमा बिस्वस्त भएको बताउनु भएको छ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अपाङ्गता भएका ब्यक्तिलाई यातायातमा अबरोध तथा सहुलियत नपाएको गुनासो आएमा सुबिधा नदिने यातायातलाई कानुनबमोजिम कारबाही गरिने बताउनु भएको छ। साथै अपाङ्गताको सवालमा सबै गम्भीर बन्न पनि आग्रह गर्नु भएको छ।

अबका दिन देखी लामो तथा छोटोदुरीमा चल्ने यातायातका साधनले अपाङ्गता अधिकार ऐन तथा नियमावलीमा ब्यबस्था भए बमोजिम अपाङ्गता छुट दिने र अपाङ्गता सिटको आरक्षण गरि अनिवार्य लागू गर्ने सहमति गरिएको साहाएक प्रमुख जिल्ला अधिकारी मेघराज शोनीले बाताउनु भयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?