
बागलुङ
राष्ट्रिय जनमाेर्चा जैमिनि नगरपालिका वडा नं. ५ बिनामारे बागलुङकाे निर्वाचन केन्द्रीत भेला २०७८ चैत्र ११ गते सम्पन्न भएकाे छ । भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा केन्द्रिय सदस्य दिल बहादुर दर्जि अतिथिहरु राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य तथा जैमिनी नगर अध्यक्ष डिल बहादुर श्रीस बाम पंथी नेता नर बहादुर पुन , युवक संघ जिल्ला सचिव बिरेन्द्र थापा, राष्ट्रिय जनमोर्चा नगर सदस्य तथा जैमिनी वडा न ५ का अध्यक्ष गोपाल पौडेल लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
भेलाले जैमिनी नगरपालिका वडा नं.५ बिनामारे को स्थानीय निर्वाचनका लागि बालाकृष्ण पौडेल संयाेजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, गोपाल प्रसाद शर्माको संयाेजकत्वमा ९५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, केदार शर्मा को संयाेजकत्वमा ५ सदस्यीय अार्थिक समिति, हरि पौडेल को संयाेजकत्वमा २५ सदस्यीय स्वंयसेवक परिचालन समिति परिचालन समिति चयन गरेको छ , । कार्यक्रम मा भवानी प्रसाद पान्डे को अध्यक्षता, नारायण शर्मा को सञ्चालन र प्रबन्ध बिक को स्वागत मन्तब्यमा सम्पन्न भएकाे थियाे ।