बुधबार, भदौ २५, २०८२

राष्ट्रिय जनमोर्चा मल्लरानिको प्रशिक्षण तथा चुनावी भेला, २०१ सदस्य चुनावी प्रचारप्रसार समिति गठन

 

जुमान सिंह के सी
चैत्र १२ प्युठान खलंगा।

राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका स्तरीय प्रशिक्षण तथा चुनावी भेला आज खलंगामा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका संगठनको आयोजनामा भेलाको आयोजना गरिएको राजमोले जानकारी गराएको छ।
प्रशिक्षण तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमोका केन्द्रिय सदस्य कृष्ण ब खड्काले आगामी बैशाख ३० गते हुने निर्वाचनमा पार्टीलाई बिजय गराउन सबै कार्याकर्तालाई गाउँमा जनताको बिचमा जान आग्रह गर्नु भएको छ। उहाले पार्टीले लिएको निति र बिचारलाई सहि तरिकाले जनातालाई सु सुचित गराउन आग्रह गर्नु भएको छ।गएको चुनावमा जस्तै पार्टीका उमेदवारलाई जिताउन सबै एक भएर लाग्नु पर्ने बताउनु भएको हो अब गाउँमा जागीर, विभिन्न प्रलोभन बाड्न कतिपय पार्टी आउने भन्दै तेस्ता गलत प्रचारको बिरोध गर्न समेत आग्रह गर्नु भएको छ।
एमाले प्युठानले मल्लरानिमा राजमोको सत्ता खोस्ने कुरा गरेको भन्दै न्याय प्रेमी जनताले साथ र सहयोग गरिरहेकोले कसैले चिच्याउदैमा केही फरक नपर्ने बताउनु भयो।

राजमोका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले पार्टीको निति, बिचार सहि भएको कारण आफुहरुले चुनाव जित्नु पर्ने बताउनु भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले हाम्रो निति, बिचारलाई चिर्न नसकी ब्यक्तिगत गाली गलोज र झुट्टा कुरा गर्दै एमाले लागाएतका पार्टी लागेको उल्लेख गर्दै भरम र झुट कहिले सम्म भन्दै प्रश्न गर्नु भयो, आफ्नो पार्टीलाई तीन टुक्रा पारेर भएको सरकार गुमेको थाहा नपाउने एमालेले अहिले प्युठानमा मसाल सक्ने अभिव्यक्ति दिनु हास्यास्पद भएको बताउनु भएको छ।
सत्ता गुमाउनु परेको पीडा छ” जनतामा फेरि झुट र भरम छरेर चुनाव जित्ने प्रपन्च भैरहेको भन्दै तेस्तो भरममा नपर्न कार्यकर्तालाई सचेत गराउनु भएको छ।


राजमोका केन्द्रिय प्रतिनिधि आनन्द शर्माले जनताको दुख सुखमा साथ दिने पार्टी राजमो भएकोले एसैमा सबै जनतालाई गोल्बन्द गर्न कार्यकर्तालाई अपिल गर्नु भएको छ।देशमा भैरहेको महङी, कालोबजारी र रास्ट्र र राष्ट्रियताको सवालमा जहिले पनि पार्टी देश जनताको पक्षमा बोल्दै आएको भन्दै अन्य ठुला हात्ती पार्टीहरु आत्तालिएको बताउनु भएको छ।
मसाल र राष्ट्रिय जनमोर्चालाई समाप्त पार्छु भन्नेहरु आफै समाप्त भएर जानेछ्न भन्दै जनातालाई झुक्याएर आफुहरु सत्तामा जाने खेल भएको बताउनु भएको छ।

भेलामा राजमोका लुम्बिनी प्रदेश सह सचीव तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचर्यले जनताका साझा मुद्दामा गम्भीर भएर काम गरेको बताउदै ईमानदारका साथ काम गरिरहेको बताउनु भयो। सोझा जनतालाई हामीले गरेका कतिपय बिकासका कामहरुपनी हाम्रो पहलमा भएको भन्ने अत्यन्तै तल झरेर भरम छर्ने गरेकोले तेस्ता झुट धेरै समय नटिक्ने बताउनु भएको छ।
कार्यक्रममा पार्टीका विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो।

मल्लरानिका सबै वार्ड बाट सयौंको संख्यामा अगुवा कार्यकर्ताहरुको सहभागितामा भएको भेलाले सुर्य बहादुर नेपालिको संयोजत्वमा २०१ सदस्य चुनावी प्रचारप्रसार समिति समेत निर्माण गरेको छ।

राजमोका जिल्ला सदस्य अमरध्व्ज रानामगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन राजमोका गाउँपालिका सचीव जीवन के सी ले गर्नु भएको थियो भने, भेलाको अध्यक्षता गाउँपालिका पार्टी अध्यक्ष सुर्य बहादुर नेपालिले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?