बुधबार, भदौ २५, २०८२

गाली गलाैजले सत्ताकाे बैतर्नी पार हुदैन:चन्द्रबहादुर केसी

झिमरुकपोस्ट संवाददाता
प्यूठान  नारिकोट चैत्र १५ गते ।
राष्ट्रिय जनमाेर्चा का केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसीले एमालेले साम्राज्यवादकाे इसारामा नेपालकाे गणतन्त्र,राष्टियता,धर्म निरपेक्षता,समावेशिता लगायत प्राप्त संघर्षका उपलब्धिहरू समाप्त मात्रै गर्ने षड्यन्त्र गरिरहेकाे छैन फासिष्ट शासनकाे दिशामा गएको ठाेकुवा गर्नुभयो ।
एउटा झिमरूककाे झुप्राेबाट जथाभावी भ्रष्टाचार र दलाली गरेर काठमाडौमा एेस आराम र माैजमस्ति गरिरहेका एकजना मनुवा अहिले सत्ता बाट गठबन्धनले घाेक्रेठ्याक लगाएपछि गुमेकाे सत्ता स्वर्ग फर्काउन प्यूठानमा रूवाबासी गर्दै हिडेकाे बताउनुभयो ।अनैतिक,अराजनैतिक र गालीगलाैजकाे राजनीति संस्कार बस्ती बस्तीमा फैलाएर आफ्नै अाैंकात पुष्टि गरेकाे बताउनुभयो ।दर्जनौं भष्टाचार,कुशासन,टाट पल्टिएको देशको अर्थ व्यवस्थालाई कसरी व्यवस्थित गर्ने बारे केही बताउनु नपर्ने, राष्ट्रघातकाे शिलशिला लगातार आजसम्म पनि कायम रहेको लगायत बिषयमा बाेल्नु नपर्ने,देशकाे अस्तित्व समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र एमसिसी पास गर्न टुप्पी देखि पैताला सम्मकाे वल लगाउने यस्ता राष्ट्रघातीहरूलाइ याे निर्वाचनमा फड्के किनारमा पुराउन प्रमुख बक्ता केसीले कम्युनिस्ट पृष्ठभूमि र धराेहर बाेकेका नारिकाेटे न्यायप्रेमी जनता सित अपिल गर्नभयाे।कुनै एउटा परिवार र जात विशेष का कुरा र गाली गलाैजकाे राजनीति गरेरर राजनैतिक दरिद्रता देखाएको बताउदै नेता केसीले गाली गलाैजकाे राजनीतिले सत्ताकाे बैतर्नि पार गर्न नसिने समेत चेतावनी दिनुभयो।
कार्यक्रममा राजमाे लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पाेख्रेल,के.स. नारायण जिसी,नेकपा(मसाल) प्यूठान जिल्ला प्रवक्ता का.ज्ञामुराम न्याैपाने राजमाे गाैमुखीका अध्यक्ष जनक केसी,अनेयुसंघ केन्द्रीय सदस्य बरूणध्वज मल्ल,अनेमसंघ केन्द्रीय पार्षद तारा पुरी,वडा जनप्रतिनिधि ज्ञान ब कुवरले पनि प्रशिक्षण भेलामा विचार राख्नुभएको थियोे ।
कार्यक्रममा अनेमसंघ जिल्ला सदस्य मधु जिसी पूर्व गाविस अध्यक्ष लेख बहादुर जिसी पूर्व जनप्रतिनिधि तथा जातीय समता समाज गाैमुखी गापा सदस्य बल बहादुर विक,राजमाे वडा कमिटी सल्लाहकार लाल बहादुर पुरी,वडा समिति सदस्यहरू तितला पुरी माेहन परियार,मूल प्रवाहका वेगम कुवर,
बयाेबृद समाजसेवी नर बहादुर कवर देउराली कृषि सहकारीका संचालक बिदूर पुरीले पनि आतिथ्यता ग्रहण गर्नु भएको थियोे ।
कार्यक्रमकाे संचालन राजमाे वडा सचिव वीर बहादुर केसी,स्वागत उपाध्यक्ष हुकुम बहादुर थापा र अध्यक्षता राजमाे वडाध्यक्ष चन्द्रबहादुर केएम ले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?