
तिलक थापा बागलुङ
राष्ट्रिय जनमाेर्चा गलकाेट नगरपालिका वडा नं-५ हरिचाैरकाे निर्वाचन सम्बन्धी भेला तथा सम्पर्क कार्यालयकाे उदघाटन २०७८ चैत्र १८ गते सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, जिल्ला सदस्य बिष्णु बस्नेत, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र दत्त ढकाल, केन्द्रीय सदस्य सुनमाया ढकाल, राजमाे जिल्ला सल्लाहकार दिर्घदत्त लाेहनी लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
भेलाले गलकाेट नगरपालिका ५ हरिचाैरकाे स्थानीय निर्वाचनका लागि अमर खत्रीकाे संयाेजकत्वमा २१ सदस्यीय निर्वाचन परिचालन समिति, तम बहादुर कार्कीकाे संयाेजकत्वमा १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, नैन बहादुर थापाकाे संयाेजकत्वमा ९ सदस्यीय अार्थिक समिति र दिनेश खत्रीकाे संयाेजकत्वमा ३७ सदस्यीय युवा परिचालन समिति, देबी खत्रीकाे संयाेजकत्मा महिला परिचालन समिति चयन गरेकाे छ ।
कार्यक्रम वडासमितिका अध्यक्ष अमर बहादुर खत्रीकाे अध्यक्षता, टिकाराम कडेलकाे सञ्चालन र देबी खत्री काे स्वागत मन्तब्यमा सम्पन्न भएकाे थियाे ।