आइतवार, अशोज ९, २०७९

नेपालले जित्यो त्रिदेशीय टी-२० शृङ्खलाको उपाधी

काठमाडौं । नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

नेपालका लागि एक हजार रन पूरा गरेको दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले ।

१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो नेपाल प्रेस बाट  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?