शुक्रबार, चैत्र १६, २०८०

हर्के पनि लाहुर बाट गिलासमा भोट हाल्न जाने :भागा २

विन बहादुर रेग्मी प्युठानी

सानो भिर्ने झोला, त्यसमा दुई जोर फेर्ने कपडा र चड्डी बनियान तौलिया मात्रै लगेर चुनाव प्रचारमा जाने पूर्व तयारी अनुसार आज मार्केटिङ भयो। बसाउने तेल साबुन परफ्युम को रहर छैन, तर पनि ति अर्कैकी भसकेकी भगेरीलाई भेटेर कुरा गर्न मन त छ, भेटमा भगेरी सँग तिमीले हँसियाले कवाकेकाे निधारको ताटो देखाउने मन छैन, अतितका पलहरु सम्झाउने कुनै इरादा छैन। मेरो घर संसार आफ्नै छ, उनको पनि हँसिलो खुशीको सुन्दर परिवार छ, सात वटा भोट त उनकै घरमा छ। म त्यही सात वटा भोट गिलासमा हाल्नु पर्छ भनेर कुराको चुरो निकाल्ने छु। चुनावको बेलामा ति सात वटा भोट माग्न कति आँखा लगाई सके होलान। कतिले भान्जी नभुल्नु है भने होलान, कतिले त तिम्रो घरको छानो मैंले छाइदिएको भोट हामीलाई भने होलान, कतिले त मलाई नदिए देखेस पखेस भनेर डर धम्की दिए होलान हो म यिनै कुराहरूबाट भेटको कुरो सुरु गर्नेछु, तिमीलाई भोट माग्न आउनेहरू एम सी सी पास गर्ने गद्दार हुन, संघीयता घातक छ भन्दा भन्दै लागू गर्ने देशका लुटेरा हुन, जनताको बलिदानीबाट ल्याएको बहुदलीय लोकतान्त्रिक शासन को विरोध गर्ने राजावादी पनि हुन, यी कुराहरू बेलैमा बुझेर तिम्रो घरको अमूल्य भोट देश र जनताको बीचमा जनताको हितमा काम गर्ने राष्ट्रिय जनमोर्चा को चुनाव चिन्ह गिलास मा हाल्नु पर्छ। कसैको डर धम्की प्रलोभन मा फसेर आफ्नो अमूल्य मत देशका गद्दारहरुलाई दिनु हुँदैन भन्ने कुरा सम्झाउने बुझाउने प्रयास गर्नेछु। राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा सधैं सम्झौताहीन संघर्ष गर्दै आएको पार्टी राष्ट्रिय जनमोर्चा हो, राष्ट्रिय जनमोर्चा को चुनाव चिन्ह गिलास हो भनेर सिकाउने प्रयत्न रहनेछ।
गाउँमा रहेका कुन कुन ठूला ठालु कथित भद्र भलादमी बाट विकास निकासको नाउँमा के कति लुट मच्चाउँदै आएका छन, सबै पोल खोली दिनेछु। ति कथित हात्ती पार्टीका असंवैधानिक प्रतिगामी क्रियाकलाप र राष्ट्रघाती कदम को भण्डाफोर हुनेछ। कथित बिद्रोही क्रान्तिकारी हौ भन्ने जागरण क्लबका मान्छेहरूको नियत के हो भनेर पनि चिनाउने छौं। हामीले जीवन भरी मरिमेटेर काम गर्यौ पनि भन्ने अर्को तिर पार्टी सुकेर मरिच जस्तो सानो भयो पनि भन्ने आफै बुझ्नुस् कुरो, जिन्दगी भरि मरिमेटेर कति काम गरेका रहेछन, पार्टीमा कति खटेका रहेछन? यिनीहरूलाई जनताले चिनिसके, हरियो घाँसमा लुकेका सर्प हुन भन्ने त हामीलाई पहिलै थाहा थियो। त्यही कुरा गाउँ गाउँमा बस्ती बस्तीमा बुझाउने छौं। चुनावमा हाम्रो कहीं कतै भोज भतेर हुने छैन। हामी नीति कार्यक्रम सिदान्त विचार को भरमा गिलासमा भोट माग्दै हिड्ने छौं। जनताको बीचमा जनताको हितमा रात दिन खटने छौं। जनताले जे दिन्छन त्यही खानेछौं। जनता दरबार लगाउने छौं, जनताको कुरा सुन्ने छौं। परिणाम जे जस्तो आएँ पनि नैतिक रूपमा हाम्रो विजय निश्चित छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal