
‘हेन्लेज पासपोर्ट इन्डेक्स’ ले अन्तर्राष्ट्रिय यातायात संघले प्रदान गर्ने डाटाका आधारमा २००६ देखि नै सबैभन्दा यात्रा–मैत्री पासपोर्टबारे नियमित अध्ययन गरिरहेको छ ।
फर्मले संकलन गरेको डाटामा धेरै देशले अहिले आफ्ना प्रवेश नीतिहरुमा परिवर्तन ल्याइरहेको पाइएको छ भने कतिले युक्रेनियनहरुका लागि भिसाको आवश्यकता नै हटाइदिएका छन् । यस्तोमा युक्रेन अहिले सूचीमा केही माथि आएको छ ।
उता अमेरिका र युरोपले रुसमाथि प्रतिबन्ध लगाएको हुँदा रुसी नागरिकहरुलाई भिसा दिन निषेध गरिएको छ । तरपनि यसले सूचीमा रुसको स्थानमा अहिले नै उल्लेखनीय असर पारिसकेको छैन । आगामी महिनाहरुमा चाहिँ अवस्य पनि यसको ठूलो प्रभाव देखा पर्ने अनुमान छ । हाल रुसले ११७ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछ ।
यता सूचीको सबैभन्दा अन्त्यमा पर्ने कमजोर पासपोर्टहरुमा चाहिँ नेपाल पनि अन्तिम नौ मा पर्दछ । नेपाल १०६ औँ स्थानमा रहेको छ । नेपाली पासपोर्ट हुनेहरुले केबल ३७ गन्तव्यमा मात्र बिना भिसा यात्रा गर्न सक्छन् । यो भनेको उत्तर कोरिया भन्दा थोरै हुन्छ जसको अर्थ नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर अवस्थामा छ । उत्तर कोरियाली पासपोर्ट हुनेहरुले ३९ गन्तव्यमा भिसा–फ्रि यात्रा गर्न पाउँछन् ।
नेपाल भन्दा पछाडि हुने मुलुकहरुमा १०७ औँ स्थानमा सोमालिया, त्यसपछि यमन, पाकिस्तान, सिरिया, इराक र अन्त्यमा अफगानिस्तान रहेका छन् ।
२०१९ मा नेपाल १०४ औँ स्थानमा लिबिया भन्दा तल थियो जसबेला ३८ मुलुकमा बिना भिसा यात्रा गर्न पाउँथ्यो । एक दशक अगाडि २०१० मा चाहिँ नेपाल ८८ औँ स्थानमा थियो । त्यस्तै २००६ मा ७६ औँमा रहेको थियो ।