
प्युठान, बैशाख १
।प्युठानमा नेपाली राष्ट्रिय झण्डा दिवस मनाईएको छ । बैशाख १ गतेलाई झण्डा दिवसको रुपमा मनाउँदै आएको बागेश्वरी असल शासन क्लव नेपाल जिल्ला सखा प्युठानले नयाँ वर्षको अवसरमा दिवस मनाएको हो ।
बागेश्वरी असल शासन क्लव नेपालले सात वर्षदेखि दिवस मनाउँदै आएको साखाका अध्यक्ष जुमान सिंह केसीले जानकारी दिनुभयो । राष्ट्रिय झण्डाको पहिचान बढाउन र झण्डाको दुरुपयोग हुन नदिनका लागि राष्ट्रिय दिवस घोषणा गरि मनाउनुपर्ने उहाँको भनाई छ । राष्ट्रिय झण्डाको सम्मान र सर्वसाधारणलाई शुसुचित बनाउन कार्यक्रम गरिएको केसीले बताउनुभयो ।
दिवसमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नेपालको झण्डा विश्वमै आकर्षक भएको भन्दै यसको दुरुपयोग हुन नदिनतर्फ सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले झण्डाको प्रर्वद्धनका लागि बास प्युठानले गरेको पहल सकारात्मक भएको उल्लेख गर्नुभयो । साथै एस्ता कार्यलाई निरंतरता दिनु पर्ने बताउनु भयो।
जिल्ला सदरमुकाम खलंगा जिल्ला प्रशासन कार्यालय अगाडि पार्टी चोकमा भएको कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा बोकेर राष्ट्रियताको विषयमा एकजुट हुनुपर्ने सन्देश दिनुकासाथै नव वर्षको सुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रमको सहजीकरण बास प्युठानका पुर्व अध्यक्ष बिजय सिंह भारतीले गर्नु भएको थियो।